काठमाडौं–हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिबार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सयभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएको छ।

अल–ताबाइन विद्यालयले बिहानको प्रार्थना गरिरहेका धेरै विस्थापित मानिसहरूलाई आश्रय दिएको थियो। आक्रमणको बेला विद्यालयमा ठूलो संख्यामा हताहत भएको र इजरायली लडाकु विमानहरूले गाजा सहरको पूर्वमा रहेको विद्यालयमा तीन वटा रकेटसहित बमवारि गरेको बताइएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको वाफाले जनाएको छ।

OM Sai Pathibhara Hospital

हमासले यस हत्याको निन्दा गर्दै इजरायल र अमेरिकी प्रशासनलाई यस हमलाको लागि पूर्ण रूपमा जिम्मेवार ठहराएको छ।