काठमाडौं- अमेरिकाले बंगलादेशमा शेख हसिना सत्ताबाट बाहिरिनुमा आफ्नो भूमिका रहेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ । अमेरिकाले यसलाई अफवाह मात्र भनेको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भनिन्, “यसमा हाम्रो कुनै संलग्नता छैन । हालैका घटनाहरू (बंगलादेशमा सत्ता परिवर्तन) मा अमेरिकी सरकारको हात रहेको कुनै पनि रिपोर्ट गलत हो ।”

OM Sai Pathibhara Hospital

उनले थप भनिन्, “यो विकल्प बंगलादेशका नागरिकहरूले आफैंले रोजेका हुन् । बंगलादेशका जनताले त्यहाँको सरकारको भविष्य निर्धारण गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ ।”

त्यसपछि सेनाले अन्तरिम सरकार गठनको घोषणा गरेको थियो । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा चयन गरिएको छ ।