काठमाडौँ-  शेख हसिनाविरुद्ध आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता बंगलादेशको नवगठित अन्तरिम सरकारमा मन्त्री बनेका छन्। हसिनालाई सत्ताच्युत गरी देश छोड्न बाध्य पारेको आन्दोलनको अगुवाइ गरेका नाहिद इस्लाम सूचना प्रविधि तथा दूरसञ्चारमन्त्री र असिफ महमुद युवा तथा खेलकुदमन्त्री बनेका बंगलादेशी मिडिया ढाका ट्रिब्युनले लेखेको छ ।

नाहिद आरक्षण सुधार आन्दोलनका मुख्य नेतामध्ये एक थिए । यो आन्दोलन पछि शेख हसिनाको सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । 

OM Sai Pathibhara Hospital

सन् १९९८ मा ढाकामा जन्मेका नहिद ढाका विश्वविद्यालयमा सन् २०१६ देखि समाजशास्त्र अध्ययनरत छात्र हुन् । आसिफ विभेदविरुद्ध विद्यार्थी आन्दोलनका अर्का समन्वयकर्ता थिए । उनी पनि ढाका विश्वविद्यालयमा सन् २०१७ देखि भाष विज्ञानका विद्यार्थी हुन् । 

बंगलादेशमा अन्तरिम सरकारको प्रधान सल्लाहकार पदमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले शपथ लिइसकेका छन् । उनी कार्यभार सम्हाल्न बिहीबार स्वदेश फर्केका थिए । विद्यार्थी आन्दोलन चर्किएपछि शेख हसिना वाजेद प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी छिन् ।