काठमाडौं–भारतका पूर्व परराष्ट्रमन्त्री नटवर सिंहको निधन भएको छ । शनिबार राति ९३ वर्षको उमेरमा उनले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिएका हुन् । लामो समयदेखि बिरामी सिंह विगत केही हप्तादेखि अस्पतालमा भर्ना भएका थिए ।

नटवर सिंह सन् २००४–०५ को अवधिमा भारतका परराष्ट्रमन्त्रीको रूपमा कार्यरत थिए, जब मनमोहन सिंह प्रधानमन्त्री थिए । उनले पाकिस्तानका लागि राजदूतको रूपमा पनि काम गरेका थिए । सन् १९६६ देखि १९७१ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यालयमा पनि उनी सहभागि भएका थिए । 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै भनेका छन्, ‘नटवर सिंहको निधनले हामीलाई एक उत्कृष्ट कूटनीतिज्ञ र प्रतिबद्ध सेवक गुमाएको छ । उहाँको योगदानले भारतीय कूटनीतिमा अमूल्य छाप छोड्यो । उहाँको आत्माले शान्ति पाओस् ।’