काठमाडौं–युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको पहिलो पटक औपचारिक रूपमा स्वीकार गरेका छन् । शनिबार राति दिएको भाषणमा उनले युक्रेनी सेनाले युद्धलाई रुसी भूमिमा धकेलि रहेको बताए ।

युक्रेनले यो लडाँई सुरु गरेको पाँच दिनपछि यो घोषणा आएको हो । यस आक्रमणले रुसलाई स्तब्ध पारेको छ । सीमा क्षेत्रमा बसोबास गर्ने ठूलो संख्यामा मानिसहरूलाई अन्यत्र सारिएको छ । आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोटका घटनाहरू भएका खबरहरू आएका छन् ।

OM Sai Pathibhara Hospital

राष्ट्रपति जेलेन्स्कीले आफ्ना सैनिकहरूलाई धन्यवाद दिँदै रुसी भूमिमा भइरहेको कारबाहीका बारेमा वरिष्ठ सैन्य कमाण्डर ओलेक्सान्डर सिर्स्कीसँग छलफल गरेको बताए । उनले युक्रेनले न्याय सुनिश्चित गर्न र आक्रमणकारीलाई दबाब दिन सक्ने प्रमाणित गरिरहेको बताए ।