शिक्षा

    Showing 761-770 of 1,009 items.
  • नेपाली विद्यार्थीलाई भारतको उत्तराखण्डमा विशेष छुट

    काठमाडौँ / भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताएका छन । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले आज एक अर्कालाई तुलसीको बिरुवा आदानप्रदान गरेर शुभकामना दिएका थिए ।भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिए । सो क्रममा धार्मिक पर्यटन र महाकाली नदीमा दुई देशका जनताब

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 208 पटक पढिएको
  • गैँडाकोटको जनक मा वि तनावग्रस्त , प्रहरीले गर्यो हवाइफायर

    झापा / नवलपरासीको  गैँडाकोटमा रहेको जनक माविका शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यालय तोडफोड गरि विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् ।  कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले संवेदनशील अङ्गमा छुने, अश्लिल भिडियोहरू देखाउने गरेको भन्दै विद्यार्थीले विरोध जनाएका हुन् ।विद्यार्थीहरूले विद्यालयका प्रधानाध्यापक चुडामणि शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाएका छन् । प्रहरीले पक्राउ गरेका ति शिक्षकलाई लुकाउन खोजेको भन्दै प्रहरी र विद्यार्थी बिच झडप भएको थियो । झडपमा परि ६ जना प्रहरी घाइते भएको इलाका प्रहरी का

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 201 पटक पढिएको
  • छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापकलाई विद्यार्थीले दले मोसो

    खोटाङ / छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रधानाध्यापकलाई विद्यार्थीले मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।  शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि प्रधानाध्यापक इन्द्रप्रसाद आचार्यलाई एमालेनिकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका हुन् । विद्यार्थीले कालो मोसो दलेर जुत्ताको माला लगाइदिए लगतै आचार्यलाई प्रहरीचौकी नुनथलाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । शिक्षालयमा अध्ययनरत छात्रालाई विभिन्न

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 221 पटक पढिएको
  • तीन महिनामा ३५ हजार एनओसी जारी

    बिर्तामोड / पछिल्लो तीन महिनामा ३५ हजारभन्दा बढी वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको छ । कोरोनाका कारण रोकेको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकाले खुल्ला गरेसँगै तीन महिनामै ३५ हजार एनओसी जारी भएको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा केशरमहलले जनाएको छ । शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा केशरमहलका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म विभिन्न देशमा विद्यावारिधि तथा एमफिलका लागि ५८ जना स्नातकोत्तर तहको लागि तीन हजार चार सय ४१ जना र स्नातक तह (ब्याचलर) अध्ययनका लागि छ हजार ९४ जनाले अध्ययन अनुमति पत्र लगेका छन् । त्यस्तै डिप्लोमा आठ हजार छ सय १० जना, भाषा पढ्

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 230 पटक पढिएको
  • चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाको नतिजा सार्वजनिक

    बिर्तामोड /  चिकित्सा शिक्षा आयोगले  स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्नातक तह अन्तर्गतको एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजीको नतिजा सार्वजनिक गरेको हो ।  आयोगले चैत १८ गते २० र २१ गते परीक्षा लिएको थियो । परीक्षामा ३४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 213 पटक पढिएको
  • चिकित्सा शास्त्रमा सुजल भए टपर

    काठमाण्डौ / चिकित्सा आयोगले चिकित्सा शास्त्रतर्फ लिएको प्रवेश परीक्षामा स्याङ्जाका सुजल पौडेलले सर्वोत्कृष्ट भएका छन् ।काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका पौडेलले १८०.७५ अंक ल्याएर पहिलो र्‍यांकमा पर्न सफल भएका हुन् । त्यस्तै १८० अंक ल्याएर निशान्त न्यौपाने दोस्रो, १७९ अंक ल्याएर अभय आचार्य, १७८।२५ ल्याएर गुञ्जन झा चौथो भएका छन् । 

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 269 पटक पढिएको
  • भन्सार एजेन्टको परीक्षा वैशाखमा हुने

    काठमाडौं / भन्सार विभागले नयाँ भन्सार एजेन्ट नियुक्तिका लागि आह्वान गरेको सार्वजनिक सूचना प्रकाशन भएको लामो समय पछि भन्सार एजेन्टको परीक्षा हुने भएको छ । कोरोना महामारी र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण एकाएक स्थगित भएको परीक्षा वैशाख १७ गते हुने भएको हो ।  परीक्षामा नौ हजारभन्दा बढी आवेदकको परीक्षा वैशाख १७ गते शनिबार दिउँसो २ बजे देखि हुने भन्सार विभागका उपमहानिर्देशक तथा प्रवक्ता आनन्द काफ्लेले बताएका छन् ।उच्च अदालत पाटनले गत फागुन २६ गते परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि फागुन २८ गतेका लागि तय भएको परीक्षा स्थगित भएको थियो । अदालतले गत चैत १३ गते सो आदेशलाई निरन्तरत

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 213 पटक पढिएको
  • पक्राउ हुनबाट जोगिन ४ तलामाथि बाट हाम फालेर फरार

     काठमाडौं //शिक्षक सेवा आयोगको परिक्षा पास गराइ दिने भन्दै लाखौं रकम उठाएका एक युवक चार तलामाथिबाट हाम फालेर फरार भएका छन्। फरार हुनेमा कालीकोट गेला निवासी जगत शाही रहेका छन् । आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ्ग मिलाएको भन्दै  ३ लाख दिए परिक्षा अघि नै प्रश्नपत्र हातमा दिने बताएर  लाखौं रकम ठगी गरेको उनीमाथि आरोप छ। परिक्षार्थीसँग ६० लाख रुपैयाँ असुलेका उनी पक्राउ हुनबाट जोगिन ४ तलामाथि बाट हाम फालेर फरार भएको प्रहरीले बताएको छ। १५ गतेबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा फरार शाहीले परीक्षा समयअघि नै प्रश्नपत्र लिक गराएर उत्तरसमेत लेखेर पठाइदिने शर्तमा प्रतिव्यक्ति ३ ला

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 214 पटक पढिएको
  • आदर्श स्कुलको ‘आदर्श चिन्तन’ कार्यक्रम सम्पन्न

    बिर्तामोड / झापाको बिर्तामोड स्थित चारपानेमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टले प्रत्येक दुई महिनामा गर्ने “आदर्श चिन्तन ” कार्यक्रम आज (शुक्रबार) सम्पन्न गरेको छ । विद्यार्थी तथा देशकै ख्याति प्राप्त व्यक्तिलाई समावेश गरिने यस कार्यक्रममा आदर्शले मिरा राई र सोही कलेजका भूतपूर्व विद्यार्थी नामङ्गेल तामाङलाई सम्मान गरेको छ । राई नेपाली म्याराथन खेलाडी तथा पूर्व माओवादी लडाकु हुन् भने तामाङ नेपाल आइडल सिजन –४ का फस्ट रनर अप हुन् । कार्यक्रममा राईले आफ्नो जीवनी, उत्प्रेरणा कक्षा र अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरी पाएका विभिन्न विश्वर्कितिमानका बारेमा चर

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 210 पटक पढिएको
  • ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि प्रदेश १ बाट २५ विद्यालय छनोट

    झापा / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १ नम्बर प्रदेशबाट २५ वटा विद्यालय छनोट भएका छन्  । चैत आठ गते बसेको निर्देशन समितिको बैठकले आर्थिक वर्ष २०७८/८९ मा सो कार्यक्रमका लागि १ नम्बर प्रदेशबाट २५ वटा विद्यालय छनोट गरेको हो । झापाबाट दुईवटा, मोरङबाट तीन, उदयपुरबाट दुई, ओखलढुङ्गाबाट एक, खोटाङबाट दुई, सोलुखुम्बुबाट दुई, इलामबाट दुई, धनकुटाबाट दुई, भोजपुरबाट दुई र पाँचथरबाट एउटा विद्यालय छनोट भएका हुन् । समितिको बैठकले देशभरका एक सय ४० विद्यालय छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले जानकारी दिए ।&nb

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 200 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.