झापा / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १ नम्बर प्रदेशबाट २५ वटा विद्यालय छनोट भएका छन्  । 

चैत आठ गते बसेको निर्देशन समितिको बैठकले आर्थिक वर्ष २०७८/८९ मा सो कार्यक्रमका लागि १ नम्बर प्रदेशबाट २५ वटा विद्यालय छनोट गरेको हो । 

OM Sai Pathibhara Hospital

झापाबाट दुईवटा, मोरङबाट तीन, उदयपुरबाट दुई, ओखलढुङ्गाबाट एक, खोटाङबाट दुई, सोलुखुम्बुबाट दुई, इलामबाट दुई, धनकुटाबाट दुई, भोजपुरबाट दुई र पाँचथरबाट एउटा विद्यालय छनोट भएका हुन् । 

समितिको बैठकले देशभरका एक सय ४० विद्यालय छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले जानकारी दिए । 

जोशीका अनुसार यस कार्यक्रममा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई विशेष प्राथमिकता दिइएको छ ।

छनोट भएका विद्यालयलाई सरकारले अनुदान दिनेछ । सोही अनुदान रकमका आधारमा विद्यार्थीलाई पढ्दै कमाउँदै अभियानमा सामेल गराइने छ ।