काठमाडौं / भन्सार विभागले नयाँ भन्सार एजेन्ट नियुक्तिका लागि आह्वान गरेको सार्वजनिक सूचना प्रकाशन भएको लामो समय पछि भन्सार एजेन्टको परीक्षा हुने भएको छ । कोरोना महामारी र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण एकाएक स्थगित भएको परीक्षा वैशाख १७ गते हुने भएको हो ।  

परीक्षामा नौ हजारभन्दा बढी आवेदकको परीक्षा वैशाख १७ गते शनिबार दिउँसो २ बजे देखि हुने भन्सार विभागका उपमहानिर्देशक तथा प्रवक्ता आनन्द काफ्लेले बताएका छन् ।

OM Sai Pathibhara Hospital

उच्च अदालत पाटनले गत फागुन २६ गते परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि फागुन २८ गतेका लागि तय भएको परीक्षा स्थगित भएको थियो । अदालतले गत चैत १३ गते सो आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।