काठमाडौं //शिक्षक सेवा आयोगको परिक्षा पास गराइ दिने भन्दै लाखौं रकम उठाएका एक युवक चार तलामाथिबाट हाम फालेर फरार भएका छन्।

फरार हुनेमा कालीकोट गेला निवासी जगत शाही रहेका छन् ।

OM Sai Pathibhara Hospital

आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ्ग मिलाएको भन्दै  ३ लाख दिए परिक्षा अघि नै प्रश्नपत्र हातमा दिने बताएर  लाखौं रकम ठगी गरेको उनीमाथि आरोप छ।

परिक्षार्थीसँग ६० लाख रुपैयाँ असुलेका उनी पक्राउ हुनबाट जोगिन ४ तलामाथि बाट हाम फालेर फरार भएको प्रहरीले बताएको छ।

१५ गतेबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा फरार शाहीले परीक्षा समयअघि नै प्रश्नपत्र लिक गराएर उत्तरसमेत लेखेर पठाइदिने शर्तमा प्रतिव्यक्ति ३ लाखका दरले उनले रकम उठाएको  परीक्षार्थीहरूको गुनासो छ ।

तर रकम बुझाएका परीक्षार्थीले प्रश्नपत्र उपलब्ध नगराएको भन्दै शुक्रबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकको एक होटलमा घेराउसमेत गरेका थिए ।

उनले परीक्षा समयभन्दा अगाडि शुक्रबार जेनिथ इन्टिच्यूटमा र सुर्खेतस्थित एमपीजे मःम सेन्टरबाट हस्तलिखित प्रश्नउत्तरसहितको फोटोकपी बाँड्दै रकम असुलेको खुलेको छ ।

परीक्षार्थीले पैसा फिर्ता माग्न थालेको र प्रहरीले पनि खोजी गर्न थालेपछि उनी ४ तलाको घरबाट हाम फालेर फरार भएको स्थानीयहरूले बताएका छन् ।

उनीहरुले कालीकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेत लगायत स्थानका परिक्षार्थीबाट रकम असुलेको खुलेको प्रहरीले जनाएको छ ।