झापा / नवलपरासीको  गैँडाकोटमा रहेको जनक माविका शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यालय तोडफोड गरि विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् ।  

कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले संवेदनशील अङ्गमा छुने, अश्लिल भिडियोहरू देखाउने गरेको भन्दै विद्यार्थीले विरोध जनाएका हुन् 

OM Sai Pathibhara Hospital

विद्यार्थीहरूले विद्यालयका प्रधानाध्यापक चुडामणि शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाएका छन् । 

प्रहरीले पक्राउ गरेका ति शिक्षकलाई लुकाउन खोजेको भन्दै प्रहरी र विद्यार्थी बिच झडप भएको थियो । झडपमा परि ६ जना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठले जानकारी दिए ।

‘हामी सीमित सङ्ख्यामा थियौं, विद्यार्थीहरू ठूलो सङ्ख्यामा आएर तोडफोड गरे, मोटरसाइकलमा आगजनी गरे, अवस्था तनावग्रस्त छ’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘म सहित ६ जना प्रहरी घाइते भएका छौं ।’

विद्यार्थीहरूले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गरेपछि प्रहरीले हवाइफायर समेत गरेको र प्रहरीमाथि  थप सुरक्षाकर्मी मागिएको प्रहरी  निरीक्षक श्रेष्ठले बताए ।