बिर्तामोड / झापाको बिर्तामोड स्थित चारपानेमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टले प्रत्येक दुई महिनामा गर्ने “आदर्श चिन्तन ” कार्यक्रम आज (शुक्रबार) सम्पन्न गरेको छ । 

विद्यार्थी तथा देशकै ख्याति प्राप्त व्यक्तिलाई समावेश गरिने यस कार्यक्रममा आदर्शले मिरा राई र सोही कलेजका भूतपूर्व विद्यार्थी नामङ्गेल तामाङलाई सम्मान गरेको छ । 

OM Sai Pathibhara Hospital

राई नेपाली म्याराथन खेलाडी तथा पूर्व माओवादी लडाकु हुन् भने तामाङ नेपाल आइडल सिजन –४ का फस्ट रनर अप हुन् । 

कार्यक्रममा राईले आफ्नो जीवनी, उत्प्रेरणा कक्षा र अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरी पाएका विभिन्न विश्वर्कितिमानका बारेमा चर्चा गरेका थिए । 

निधि क्याम्पसमा प्रमुख रन्जित शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आदर्श कलेजका शिक्षक मनोज बस्नेतले गरेका थिए । 

कलेजकी छात्रा खुस्बु सिटौला र कलेजका तालिम संयोजक दीपक दासले तालिमको औचित्यका बारेमा प्रकाश पारेको थिए ।