खोटाङ / छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रधानाध्यापकलाई विद्यार्थीले मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।  

शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि प्रधानाध्यापक इन्द्रप्रसाद आचार्यलाई एमालेनिकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका हुन् । 

OM Sai Pathibhara Hospital

विद्यार्थीले कालो मोसो दलेर जुत्ताको माला लगाइदिए लगतै आचार्यलाई प्रहरीचौकी नुनथलाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । 

शिक्षालयमा अध्ययनरत छात्रालाई विभिन्न बहानामा पटक–पटक यौनजन्य दुर्व्यवहार गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्ववियुका अध्यक्ष मोहन संग्रामले बताए ।