शिक्षा

    Showing 611-620 of 1,009 items.
  • बाढी र पहिरोले सिन्धुलीका २५ विद्यालयमा क्षति

    काठमाडौं— असोजको पहिलो साता सिन्धुलीका विद्यालयहरूमा प्रथम त्रैमासिक परीक्षा चलिरहेको थियो। प्रथम त्रैमासिक परीक्षा सकिएसँगै दशैं र तिहारसम्म झण्डै एक महिना विद्यालय बिदा दिने तयारीमा थिए। तर, एक साताअघि आएको बाढी र पहिरको कारण विद्यालय भवनहरू नै तहसनहस भएपछि परीक्षा नसकिंदै यहाँका विद्यालयहरू अनिश्चित बन्द भएका छन्। गत १० गतेबाट परेको अविरल वर्षाका कारण रोशी र सुनकोशी नदीमा आएको बाढीका कारण सिन्धुलीका तीनवटा पालिकाका विद्यालयहरू परीक्षा नसकिँदै अनिश्चितकालका लागि बन्द भएका हुन्। बाढीले विद्यालय भवनहरू पूर्णरुपमा क्षति हुँदा जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाका २५ वटा विद्यालय

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 718 पटक पढिएको
  • वर्षा र बाढीका कारण तीन दिन शैक्षिक संस्था बन्द, परीक्षा स्थगित

    काठमाडौं – मुलुकभर वर्षा र बाढीको प्रभाव बढेपछि आइतबारदेखि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएको छ । विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगले आइतबारको परीक्षा स्थगित गरेका छन्, भने सोमबारदेखिको परीक्षा मौसम अनुकूल भए सञ्चालन गर्ने निर्णय गरिएको छ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिएकी छिन् ।विभिन्न विश्वविद्यालयले शनिबार सञ्चालन गरेको परीक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीलाई अर्को दिन परीक्षा दिन दिने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालयले शनिबार पनि मुलुकभर विभिन्न तहका परीक्षा सञ्चालन गरेको थियो, तर शैक्षिक क्यालेन्डर प्रभावित नहोस् भनेर एक सातासम्म परीक्

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 503 पटक पढिएको
  • त्रिवि परीक्षा स्थगित

    काठमाडौं – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मौसमको प्रतिकूलताका कारण विभिन्न संकायका परीक्षा स्थगित गरेको छ। त्रिविले आज सूचना जारी गर्दै मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय, र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८० को बिए, बिएड, बिबिएस, र बिएस्सीका असोज १० गतेदेखि सुरु भएका परीक्षा स्थगित भएको जानकारी दिएको छ। उक्त परीक्षा अब असोज २१ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुनेछ। त्रिविले केन्द्राध्यक्षलाई प्रश्नपत्र प्याकेट नखोली सुरक्षित राख्न आग्रह गरेको छ।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 473 पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयले एआईको प्रयोग गर्ने विद्यार्थीको परीक्षा रद्द गर्ने

    काठमाडौं — त्रिभुवन विश्वविद्यालयले विद्यार्थीद्वारा कुनै पनि तहको परीक्षामा एआईको प्रयोग गरिएको पाइएमा परीक्षा रद्द गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा सुधार समितिको अध्यक्ष प्रा. डा. खड्ग केसीको अध्यक्षतामा सोमबार भएको बैठकले यो निर्णय गरेको हो ।पछिल्लो समय स्वास्थ्योपचार र प्रविधिमा एआईको प्रयोग बढिरहेका बीच, शिक्षामा यसले पारेको प्रभावबारे व्यापक बहस भइरहेको छ । विज्ञहरूले एआईले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव परेको बताएका छन्, तर एआई टुल प्रयोग गरी लेखिएका विषयवस्तुलाई पहिचान र निगरानीमा राख्ने प्रणाली प्रभावकारी हुन सकेको छैन ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 476 पटक पढिएको
  • भूमिगत हुँदा नेताहरू पढ्थे, अब छोडे : पूर्वप्रधानमन्त्री भट्टराई

    काठमाडौं–पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृतिको चलन हराउँदै गएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चायतविरुद्धको भूमिगत संघर्षका समयमा कांग्रेस र कम्युनिष्टहरूले जेलमा बसेर पढ्ने गरेको स्मरण गर्दै अहिले अध्ययन गर्ने संस्कृति हराइरहेकोमा चिन्ता व्यक्त गरेका हुन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनले कांग्रेस र कम्युनिष्टहरू दुवैले अध्ययनप्रति रुचि गुमाएको बताए । साथै, वैकल्पिक शक्तिहरुले केही प्रयास गरे पनि प्रभावहीन भइरहेको उनको भनाई थियो । अर्को प्रशंगमा उनलेभट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो संरक्षण र खुशीपनाको आवश्यकता

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 672 पटक पढिएको
  • काठमाडौं महानगरपालिकाको साक्षरता दर ९५.५ प्रतिशत

    काठमाडौं– काठमाडौं महानगरपालिकाले हाल महानगरको साक्षरता दर ९५ दशमलव पाँच प्रतिशत पुगेको जनाएको छ । जनसङ्ख्या ८ लाख ६२ हजार ४ सय रहेको महानगरले कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्य प्रगति सन्तोषजनक रहेको जानकारी दिएको छ।आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास र भौतिक प्रगति ५३ प्रतिशत पुगेको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले बताउनुभयो। महानगरले सो आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजारको बजेट विनियोजन गरे पनि कुल रु १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्रै खर्च गरेको छ। यसैगरी, काठमाडौँका स्थानीय तह, प्रदेश, र सङ्घीय कार्या

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 773 पटक पढिएको
  • विश्वस्तरको प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति तयार गर्नु : प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् ।प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौं साधारणसभामा प्रधानमन्त्री एवं कुलपति समेत रहेका ओलीले सक्षम जनशक्ति तयार गर्न देखिएका समस्याको समाधान गर्न संयुक्तरुपमा प्रयास गर्नुपर्नेमा जोड दिएका हुन् ।प्रधानमन्त्री ओलीले गौरवपूणर् इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह समेत गरे ।उनले भने, “नेपालको आफ्नै पौराणिकता छ,

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 521 पटक पढिएको
  • गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उच्च प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा रहेको बताएका छन् । ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले विद्यालय उमेरका बालबालिकालाई गुणस्तरीय शिक्षा र उमेर नाघेका नागरिकलाई जीवनोपयोगी शिक्षा प्रदान गर्ने योजना अघि बढिरहेको स्पष्ट पारेका हुन् । प्रधानमन्त्रीले अनिवार्य तथा निःशुल्क शिक्षाको मौलिक हक सुनिश्चित गर्न ऐन कार्यान्वयन भइरहेको र यसमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने बताए । साक्षरता अभियानलाई सफल बनाउन सबैको एकताबद्ध प्रयास आवश्यक रहेकोमा उनको जोड छ । गरीबीका कारण कतिपय ठाउँमा साक्षरता र भ

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 680 पटक पढिएको
  • नेपाल प्रहरीमा स्नातकोत्तर तह सुरु, त्रिवि सँग सहकार्य

    काठमाडौं–नेपाल प्रहरीमा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता अनुसार अब प्रहरी अधिकृतहरूले मास्टर्स इन पुलिस साइन्स (एमपीएस) अध्ययन गर्न पाउने भएका छन्।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले शुक्रबार एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।प्रहरी महानिरीक्षक कुँवरले यस कार्यक्रमले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने बताए । उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका नवीनतम् परि

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 510 पटक पढिएको
  • छात्रवृत्ति अनुदानको अनुगमन गर्ने प्रधानमन्त्री ओलीको भनाई

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदानको अनुगमन गर्ने जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने घोषणा गरेका छन् ।ओलीले लेखेका छन्, ‘सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिको लागि अनुदान रकम पठाएको छ । सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाएर नपाएको अब सरकार अनुगमन गर्ने छ ।’समुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ हजार र विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिइएको छ । यसका लागि ६० करोड रुपैयाँ विनियोजन

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 597 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.