काठमाडौं – मुलुकभर वर्षा र बाढीको प्रभाव बढेपछि आइतबारदेखि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएको छ । विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगले आइतबारको परीक्षा स्थगित गरेका छन्, भने सोमबारदेखिको परीक्षा मौसम अनुकूल भए सञ्चालन गर्ने निर्णय गरिएको छ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिएकी छिन् ।

विभिन्न विश्वविद्यालयले शनिबार सञ्चालन गरेको परीक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीलाई अर्को दिन परीक्षा दिन दिने व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालयले शनिबार पनि मुलुकभर विभिन्न तहका परीक्षा सञ्चालन गरेको थियो, तर शैक्षिक क्यालेन्डर प्रभावित नहोस् भनेर एक सातासम्म परीक्षा स्थगित नगर्ने निर्णय भएको छ। 

OM Sai Pathibhara Hospital

साथै, अधिकांश विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षा पनि स्थगित गरिएको छ। डुबानले शैक्षिक संस्थाका भौतिक संरचनामा समेत क्षति पुर्याएको छ।