काठमाडौं–नेपाल प्रहरीमा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता अनुसार अब प्रहरी अधिकृतहरूले मास्टर्स इन पुलिस साइन्स (एमपीएस) अध्ययन गर्न पाउने भएका छन्।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले शुक्रबार एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
प्रहरी महानिरीक्षक कुँवरले यस कार्यक्रमले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने बताए । उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका नवीनतम् परिवेश अनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिएको जानकारी गराए ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. शर्माले समभ्:ँैत्ँले प्रहरी अधिकृतहरूको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने दाबी गरेका छन् ।
पत्रमा अक्षयकोष‚ एमपीएस कार्यक्रम संचालन‚ शैक्षिक क्यालेण्डर‚ विभिन्न शुल्कहरू‚ विद्यार्थीहरूको विवरण‚ कोर्षको प्रभाव अध्ययन‚ शाखा स्थापना एवम् विविध कार्य‚ निरीक्षण र निर्देशन‚ परीक्षा व्यवस्थापन‚ परीक्षा केन्द्र‚ त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोग लगायतका प्रावधानहरू उल्लेख गरिएको छ ।