काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौं साधारणसभामा प्रधानमन्त्री एवं कुलपति समेत रहेका ओलीले सक्षम जनशक्ति तयार गर्न देखिएका समस्याको समाधान गर्न संयुक्तरुपमा प्रयास गर्नुपर्नेमा जोड दिएका हुन् ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओलीले गौरवपूणर् इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह समेत गरे ।

उनले भने, “नेपालको आफ्नै पौराणिकता छ, यसको आफ्नै गौरव छ, विश्वका कतिपय मुलुकहरु अस्तित्वमै नआएका बेला हाम्रो पुुर्खाहरु ज्ञान-विज्ञानको शास्त्रार्थ गर्दै थिए, हाम्रा असङ्गठित विश्वविद्यालयका रुपमा शिवलाई मानिन्छ, त्यस अर्थमा यस भूूभागले विश्वलाई प्रेरणा दिएको छ ।”

बैठकमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारी लगायत सहभागी थिए ।