काठमाडौं — त्रिभुवन विश्वविद्यालयले विद्यार्थीद्वारा कुनै पनि तहको परीक्षामा एआईको प्रयोग गरिएको पाइएमा परीक्षा रद्द गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा सुधार समितिको अध्यक्ष प्रा. डा. खड्ग केसीको अध्यक्षतामा सोमबार भएको बैठकले यो निर्णय गरेको हो ।

पछिल्लो समय स्वास्थ्योपचार र प्रविधिमा एआईको प्रयोग बढिरहेका बीच, शिक्षामा यसले पारेको प्रभावबारे व्यापक बहस भइरहेको छ । विज्ञहरूले एआईले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव परेको बताएका छन्, तर एआई टुल प्रयोग गरी लेखिएका विषयवस्तुलाई पहिचान र निगरानीमा राख्ने प्रणाली प्रभावकारी हुन सकेको छैन ।

OM Sai Pathibhara Hospital

Suchana