काठमाडौं– काठमाडौं महानगरपालिकाले हाल महानगरको साक्षरता दर ९५ दशमलव पाँच प्रतिशत पुगेको जनाएको छ । जनसङ्ख्या ८ लाख ६२ हजार ४ सय रहेको महानगरले कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्य प्रगति सन्तोषजनक रहेको जानकारी दिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास र भौतिक प्रगति ५३ प्रतिशत पुगेको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले बताउनुभयो। 

OM Sai Pathibhara Hospital

महानगरले सो आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजारको बजेट विनियोजन गरे पनि कुल रु १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्रै खर्च गरेको छ। यसैगरी, काठमाडौँका स्थानीय तह, प्रदेश, र सङ्घीय कार्यालयहरूबाट आव २०८०/८१ मा सञ्चालन भएका कार्यक्रम तथा आयोजनामा रु १ अर्ब ५६ करोड ५७ लाख खर्च भएको विवरण सार्वजनिक भएको छ।