काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उच्च प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा रहेको बताएका छन् । ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले विद्यालय उमेरका बालबालिकालाई गुणस्तरीय शिक्षा र उमेर नाघेका नागरिकलाई जीवनोपयोगी शिक्षा प्रदान गर्ने योजना अघि बढिरहेको स्पष्ट पारेका हुन् । 

प्रधानमन्त्रीले अनिवार्य तथा निःशुल्क शिक्षाको मौलिक हक सुनिश्चित गर्न ऐन कार्यान्वयन भइरहेको र यसमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने बताए । साक्षरता अभियानलाई सफल बनाउन सबैको एकताबद्ध प्रयास आवश्यक रहेकोमा उनको जोड छ । 

OM Sai Pathibhara Hospital

गरीबीका कारण कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानमा चुनौती देखिएको भन्दै उहाँले विद्यालयबाट बालबालिका ड्रपआउट हुन नदिन सरकारले प्रोत्साहन कार्यक्रम चलाएको उल्लेख गरेका छन् । 

प्रधानमन्त्रीले प्रविधिमैत्री साक्षरता र सीपको महत्त्वलाई रेखांकित गर्दै यसलाई रोजगारसँग जोड्ने योजनामा सरकारले काम गरिरहेको बताए । ुसमृद्ध नेपाल, सुखी नेपालीु को आकाङ्क्षा पूरा गर्न शिक्षा क्षेत्रको भूमिका निर्णायक हुने उनको बुझाई रहेको छ ।