काठमाडौं–पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृतिको चलन हराउँदै गएको बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चायतविरुद्धको भूमिगत संघर्षका समयमा कांग्रेस र कम्युनिष्टहरूले जेलमा बसेर पढ्ने गरेको स्मरण गर्दै अहिले अध्ययन गर्ने संस्कृति हराइरहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

OM Sai Pathibhara Hospital

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनले कांग्रेस र कम्युनिष्टहरू दुवैले अध्ययनप्रति रुचि गुमाएको बताए । साथै, वैकल्पिक शक्तिहरुले केही प्रयास गरे पनि प्रभावहीन भइरहेको उनको भनाई थियो ।

अर्को प्रशंगमा उनलेभट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो संरक्षण र खुशीपनाको आवश्यकता औंल्याउँदै समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवादको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।