काठमाडौं – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मौसमको प्रतिकूलताका कारण विभिन्न संकायका परीक्षा स्थगित गरेको छ। त्रिविले आज सूचना जारी गर्दै मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय, र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८० को बिए, बिएड, बिबिएस, र बिएस्सीका असोज १० गतेदेखि सुरु भएका परीक्षा स्थगित भएको जानकारी दिएको छ। उक्त परीक्षा अब असोज २१ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुनेछ। त्रिविले केन्द्राध्यक्षलाई प्रश्नपत्र प्याकेट नखोली सुरक्षित राख्न आग्रह गरेको छ।