समाज

    Showing 9,761-9,770 of 11,162 items.
  • पुनर्निर्मित धरहरा सर्वसाधारणका लागि खुल्यो, चढ्दा शुल्क नलाग्ने

    काठमाडौं–२०७२ सालको भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माण भएसँगै संविधान दिवसको अवसरमा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । सहरी विकास मन्त्रालयका अनुसार धरहराको ९८ प्रतिशत संरचना निर्माण सकिएको छ । पुनर्निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको थियो र २०७८ साल वैशाख ११ मा उद्घाटन गरिएको थियो । निर्माण कार्य ढिला हुँदा छैटौँ पटक म्याद थपेर बल्ल धरहरा खुला गरिएको हो । सरकारले केही समयका लागि नि:शुल्क रूपमा धरहरा चढ्न सकिने व्यवस्था गरेको छ । बाँकी निर्माण कार्य छिट्टै पूरा गर्ने तयारी छ ।धरहरामा आधुनिक भवन निर्माणका मापदण्डअनुसार भूकम्प प्रतिरोधात्मक संरचना बना

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 515 पटक पढिएको
  • दसैँ, तिहार र छठका लागि नेपाल एयरलाइन्सको ६० दिने कार्ययोजना

    काठमाडौं–नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बडादसैँ, तिहार, र छठ पर्वलाई लक्षित गर्दै ६० दिने कार्ययोजना बनाउने भएको छ । उडानलाई प्रभावकारी बनाई यात्रुलाई सहज सेवा प्रदान गर्न निगमले यो कदम चालेको हो ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विभागीय प्रमुखहरूलाई २४ घण्टाभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार प्राविधिक, इञ्जिनियरिङ मेन्टेनेन्स, एयरवर्दिनेस, क्वालिटी एस्योरेन्स, र बजार व्यवस्थापन विभागका प्रमुखलाई नियमित उडानको योजना बनाउन निर्देशन दिइएको छ ।अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र जिम्मेवार कर्मचारीलाई बिदा

    • प्रकाशित मितिः असोज २, २०८१
    • 542 पटक पढिएको
  • इन्द्रजात्रामा बालेनको टिसर्ट लगाएका समर्थक किन समातिए ?

    काठमाडौं–इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम  फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई वसन्तपुर क्षेत्रमा स्थानीयसँग विवाद बढ्न सक्ने भन्दै प्रहरी परिसर जनसेवामा राखिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेका अनुसार सुरक्षा सुनिश्चित गर्न उनीहरूलाई अस्थायी रूपमा नियन्त्रणमा लिइएको हो । प्रहरीले जात्रामा सभ्य तरिकाले सहभागी हुनुपर्ने बताउँदै कुनै पनि प्रकारको नाराबाजी वा हुलदंगा नगर्न  भनेको छ । 

    • प्रकाशित मितिः असोज १, २०८१
    • 613 पटक पढिएको
  • दरबारमार्गमा संविधान दिवसको भव्य उत्सव, प्रधानमन्त्री ओलीको आह्वान

    काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आगामी असोज ३ गते काठमाडौंको दरबारमार्गमा भव्य राष्ट्रिय दिवस कन्सर्ट आयोजना हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् ।संविधान दिवस तथा राष्ट्रिय दिवस खुसीयालीका साथ मनाउँदै, घरघरमा राष्ट्रिय झण्डा फहराउन तथा घरघरमा दीपावली गर्न आह्वान समेत गरिएको छ । यस कन्सर्टले देशभक्तिपूर्ण भावनालाई उजागर गर्दै नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ।प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्करले यस कन्सर्टले नेपालको संविधान निर्माणका लागि भएका ऐतिहासिक बलिदानलाई सम्झन म

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 401 पटक पढिएको
  • बुर्तिबाङमा घर भत्किँदा घरधनीको मृत्यु, ११ जना घाइते

    काठमाडौं–बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा घरधनी ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ बजारमा पुन: निर्माणका क्रममा घर एक्कासी भत्किँदा विकसहित काममा रहेका अन्य मजदुरहरू पनि च्यापिएका थिए। विकको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको हो।जिल्ला प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार घाइतेहरूमा बुटवलका शङ्कर पन्थी, काठमाडौँका सुगान्त पौडेल, ढोरपाटनका खडकप्रसाद विक, ईन्द्र रसाइली, कोपिला छन्त्याल, शुभ बुढामगर, देवीसरा विक, थम कुमारी विक, खममाया घर्ती, टेकबहादुर विक, र टेकमाया रसाइली रहेका छन्। उनीहरूको उद्धा

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 459 पटक पढिएको
  • २०८१ भित्र सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्र सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्न बाध्य बालबालिकालाई यही वर्षभित्र राहत दिन सरकार कटिबद्ध रहेको बताए ।प्रधानमन्त्रीले बालबालिकालाई सडकमुक्त गर्ने अठोट व्यक्त गर्दै बालमैत्री वातावरण निर्माण गर्न सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे । उनले बालबालिकाले अझै पनि अधिकार, शिक्षा, स्वास्थ्य, र माया नपाएकोमा चिन्ता व्यक्त गर्दै कुपोषण र विद्यालय जान नपाएका बालबालिकाको समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताएका छन् ।बालबालिकामा लगानी गरेर समृद्ध नेपाल र सुखी

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 543 पटक पढिएको
  • नेपाल प्रहरीमा २३६ असई र ६४ इन्स्पेक्टरका लागि आवेदन खुला

    काठमाडौं–नेपाल प्रहरीले प्रहरी अधिकृत र सहायक निरीक्षक पदका लागि ठूलो संख्यामा भर्ना खुला गरेको छ । शुक्रबार प्रकाशित गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन मागेको हो । योग्य उम्मेदवारले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।प्रहरी निरीक्षकका लागि स्नातक तह उत्तीर्ण, उमेर २० देखि २५ वर्षसम्म र प्रहरी सहायक निरीक्षकका लागि प्रमाणपत्र तह उत्तीर्ण, उमेर १८ देखि २४ वर्षसम्मको मापदण्ड तोकिएको छ । अन्य शैक्षिक योग्यता, भौतिक मापदण्ड लगायतका थप जानकारीका लागि नेपाल प्रहरी भर्ना

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 457 पटक पढिएको
  • विमानस्थलको सुरक्षा र सुन्दरतामा खादा, मालाको चुनौती

    काठमाडौं–नागरिक उड्डयन प्राधिकरणले यात्रुलाई सुरक्षा जाँच उपकरणमा क्षति पुग्ने समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै प्राधिकरणले यात्रुलाई खादा, माला लगाएर वा ब्यागमा भुन्ड्याएर नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएका खादा, मालाले सुरक्षा जाँचका क्रममा एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटर जस्ता उपकरणमा अड्किएर क्षति पुर्‍याउने गरेको उल्लेख छ । यात्रुले विमानस्थलका विभिन्न स्थानमा छाडिएका खादा, मालाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुर्‍याएको प्राधिकरणले जानकारी दिएको छ  । यसअघि त्रिभुवन अन्तर

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 322 पटक पढिएको
  • दसैँका सुकिला नोट कहिलेदेखि साट्न पाइन्छ ?

    काठमाडौं–नेपालीहरूको महान पर्व बडादसैँका लागि यस पटक नेपाल राष्ट्र बैंकले १३ असोजदेखि सुकिला नोट साट्न अनुमति दिने भएको छ । नयाँ नोटको सट्टा एकपटक प्रयोगमा आइसकेका सफा नोट साट्न पाइनेछ ।सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्मका ५, १०, २०, ५० र १०० दरका नोट साट्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार यसवर्ष नयाँ नोट बजारमा नल्याउने निर्णय गरिएको छ, किनकि प्रयोगमा आएका सफा नोटलाई नयाँ जस्तै मानिनेछ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने जनाइएको छ । हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुन: नयाँ

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 600 पटक पढिएको
  • अमेरिकी सपनाको लोभमा नक्कली बाटो रोज्ने चार जना पक्राउ

    काठमाडौं–इलेक्ट्रोनिक डाइभरसिटी भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा चार जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका(८ घर भई सोही नगरपालिका(४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका(१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका(५ टिकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा अर्जुनधारा नगरपालिका(८ घर भई ललितपुर ईमाडोल बस्ने ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभा खाँदवारी नगरपालिका(९ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका(५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्याल

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 653 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.