काठमाडौं–नेपाल प्रहरीले प्रहरी अधिकृत र सहायक निरीक्षक पदका लागि ठूलो संख्यामा भर्ना खुला गरेको छ ।

शुक्रबार प्रकाशित गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन मागेको हो । योग्य उम्मेदवारले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

OM Sai Pathibhara Hospital

प्रहरी निरीक्षकका लागि स्नातक तह उत्तीर्ण, उमेर २० देखि २५ वर्षसम्म र प्रहरी सहायक निरीक्षकका लागि प्रमाणपत्र तह उत्तीर्ण, उमेर १८ देखि २४ वर्षसम्मको मापदण्ड तोकिएको छ ।

अन्य शैक्षिक योग्यता, भौतिक मापदण्ड लगायतका थप जानकारीका लागि नेपाल प्रहरी भर्ना छनौट शाखाको वेबसाइट वा सम्पर्क गर्न सक्नेछन् ।


Police Job