काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्र सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्न बाध्य बालबालिकालाई यही वर्षभित्र राहत दिन सरकार कटिबद्ध रहेको बताए ।

प्रधानमन्त्रीले बालबालिकालाई सडकमुक्त गर्ने अठोट व्यक्त गर्दै बालमैत्री वातावरण निर्माण गर्न सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे । उनले बालबालिकाले अझै पनि अधिकार, शिक्षा, स्वास्थ्य, र माया नपाएकोमा चिन्ता व्यक्त गर्दै कुपोषण र विद्यालय जान नपाएका बालबालिकाको समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताएका छन् ।

OM Sai Pathibhara Hospital

बालबालिकामा लगानी गरेर समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्नुपर्ने ओलीको भनाइ छ । उनले गरिब परिवारलाई रोजगारी उपलब्ध गराउने र बालबालिकाको शारीरिक, मानसिक, र बौद्धिक विकासका लागि अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

ओलीले बालबालिका मानव जातिका भविष्य भएको भन्दै तमाम् अभिभावकले बालबालिकालाई स्नेहपूर्वक रुपमा हुर्काउन, तिनको उपयुक्त बौद्धिक, मानसिक र शारीरिक विकास गर्नका लागि भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।