काठमाडौं–नेपालीहरूको महान पर्व बडादसैँका लागि यस पटक नेपाल राष्ट्र बैंकले १३ असोजदेखि सुकिला नोट साट्न अनुमति दिने भएको छ । नयाँ नोटको सट्टा एकपटक प्रयोगमा आइसकेका सफा नोट साट्न पाइनेछ ।

सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्मका ५, १०, २०, ५० र १०० दरका नोट साट्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार यसवर्ष नयाँ नोट बजारमा नल्याउने निर्णय गरिएको छ, किनकि प्रयोगमा आएका सफा नोटलाई नयाँ जस्तै मानिनेछ । 

OM Sai Pathibhara Hospital

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने जनाइएको छ । हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुन: नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या हुने गरेको थियो । सोही कारण यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट दिने निर्णय गरेको हो ।