काठमाडौं–इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम  फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

उनीहरूलाई वसन्तपुर क्षेत्रमा स्थानीयसँग विवाद बढ्न सक्ने भन्दै प्रहरी परिसर जनसेवामा राखिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेका अनुसार सुरक्षा सुनिश्चित गर्न उनीहरूलाई अस्थायी रूपमा नियन्त्रणमा लिइएको हो । 

OM Sai Pathibhara Hospital

प्रहरीले जात्रामा सभ्य तरिकाले सहभागी हुनुपर्ने बताउँदै कुनै पनि प्रकारको नाराबाजी वा हुलदंगा नगर्न  भनेको छ ।