काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आगामी असोज ३ गते काठमाडौंको दरबारमार्गमा भव्य राष्ट्रिय दिवस कन्सर्ट आयोजना हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस खुसीयालीका साथ मनाउँदै, घरघरमा राष्ट्रिय झण्डा फहराउन तथा घरघरमा दीपावली गर्न आह्वान समेत गरिएको छ । यस कन्सर्टले देशभक्तिपूर्ण भावनालाई उजागर गर्दै नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्करले यस कन्सर्टले नेपालको संविधान निर्माणका लागि भएका ऐतिहासिक बलिदानलाई सम्झन मद्दत पुग्ने बताए। बृहत् नागरिक आयोजक समितिका संयोजक वृतान्त खनालले विभिन्न क्षेत्रका सहयोगबाट कन्सर्टलाई सफल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन्।

कलाकारहरू कुन्ती मोक्तान र विपना अधिकारीले यस कन्सर्टलाई कला र साहित्यको उत्सवको रूपमा मनाउनुपर्नेमा जोड दिएका छन्। कुटुम्ब र इलिमेन्ट्सजस्ता चर्चित ब्यान्डहरूको प्रस्तुति रहने यस कन्सर्टले युवा पुस्तालाई राष्ट्रियताप्रति जागरुक बनाउने अपेक्षा गरिएको छ।