काठमाडौं–नागरिक उड्डयन प्राधिकरणले यात्रुलाई सुरक्षा जाँच उपकरणमा क्षति पुग्ने समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले यात्रुलाई खादा, माला लगाएर वा ब्यागमा भुन्ड्याएर नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएका खादा, मालाले सुरक्षा जाँचका क्रममा एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटर जस्ता उपकरणमा अड्किएर क्षति पुर्‍याउने गरेको उल्लेख छ ।

OM Sai Pathibhara Hospital

यात्रुले विमानस्थलका विभिन्न स्थानमा छाडिएका खादा, मालाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुर्‍याएको प्राधिकरणले जानकारी दिएको छ  । 

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जान लागेका एक युवालाई प्रहरीले खादा खोल्न लगाएको भिडियो भाइरल भएको थियो ।