काठमाडौं–नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बडादसैँ, तिहार, र छठ पर्वलाई लक्षित गर्दै ६० दिने कार्ययोजना बनाउने भएको छ । उडानलाई प्रभावकारी बनाई यात्रुलाई सहज सेवा प्रदान गर्न निगमले यो कदम चालेको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विभागीय प्रमुखहरूलाई २४ घण्टाभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार प्राविधिक, इञ्जिनियरिङ मेन्टेनेन्स, एयरवर्दिनेस, क्वालिटी एस्योरेन्स, र बजार व्यवस्थापन विभागका प्रमुखलाई नियमित उडानको योजना बनाउन निर्देशन दिइएको छ ।

OM Sai Pathibhara Hospital

अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र जिम्मेवार कर्मचारीलाई बिदा नलिन पनि निर्देशन दिइएको छ ।