काठमाडौं–बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा घरधनी ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। ढोरपाटन नगरपालिका–१, बुर्तिबाङ बजारमा पुन: निर्माणका क्रममा घर एक्कासी भत्किँदा विकसहित काममा रहेका अन्य मजदुरहरू पनि च्यापिएका थिए। विकको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको हो।

जिल्ला प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार घाइतेहरूमा बुटवलका शङ्कर पन्थी, काठमाडौँका सुगान्त पौडेल, ढोरपाटनका खडकप्रसाद विक, ईन्द्र रसाइली, कोपिला छन्त्याल, शुभ बुढामगर, देवीसरा विक, थम कुमारी विक, खममाया घर्ती, टेकबहादुर विक, र टेकमाया रसाइली रहेका छन्। उनीहरूको उद्धार गरी सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।