समाज

    Showing 10,251-10,260 of 11,162 items.
  • चालकलाई ढुङ्गाले हानेर बेहोस बनाई १४ लाख रुपैयाँ लुटपाट गर्ने व्यक्ति पक्राउ

    उदयपुर / उदयपुरको कटारीबाट गाडी चालकलाई ढुङ्गाले हानेर बेहोस बनाई १४ लाख  रुपैयाँ लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङगा चिसंम्खु गाउँपालिका –३ का ५४ वर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । मङ्गलबार बेलुका ५ बजे उदयपुर कटारी नगरपालिका –४ का २५ वर्षीय प्रकाश श्रेष्ठले चलाएको प्रदेश नं २–०१–००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुङ्गा खाद्यन पुराइ काटारी तर्फ आउने क्रममा रमेशले म पनि ब्यापारी हो समान लिन कटारी जाने भनी उक्त गाडीमा लिफ्ट मागी आएका थिए ।आउने क्रममा बर्मी जंङगलमा पिसाब फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुङगाले गर्धनमा हानी

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 176 पटक पढिएको
  • सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु

    जलेश्वर / महोत्तरीमा सर्पको टाेकाइबाट दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका –२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका –२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन रहेका छन् ।     जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति बालिकालाई सर्पले डस्दा मृत्यु भएको जानकारी दिए । 

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 152 पटक पढिएको
  • हात्तीको आक्रमणबाट महिला घाइते

    बिर्तामोड / झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।  मेचीनगर नगरपालिका –१३ चारआलीस्थित सिग्देल गाउँमा मंगलबार राति हात्तीले घर भत्काउँदा तीज मनाउन माइत आएकी रेजिना घिमिरे  घाइते भएकी हुन् । हात्तीको आक्रमणबाट घाइते भएकी उनको कानमा चोट लागेर स्थानीय मनकामना अस्पतालमा उपचार भइरहेको मेचीनगर –१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।मध्यरातमा दुई वटाको सँख्यामा आएका हात्तीले मेचीनगर –१३ का यमकान्त घिमिरे र दिलबहादुर मग्रान्तीको घर भत्काएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 156 पटक पढिएको
  • सामूहिक हत्या प्रकरण : ६ जनाको शव पोस्टमार्टमका लागि धरान पठाइयो 

    सङ्खुवासभा / सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या गरिएकाहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ । आवश्यक अनुसन्धानपछि प्रहरीले मंगलबार दिउँसो ६ जनाकै शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको हो । प्रहरीका अनुसार मंगलबार दिउँसो घटनास्थलको मुचुल्का गरी शव उठाएर पोस्टमार्टम गर्न धरान पठाइएको हो ।यो पनि -सङ्खुवासभा हत्याकाण्ड : सीआईवीसँगै घटनास्थलमा ‘पिकु र लैला’प्रहरीले घटनाको अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ । सोमबार अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरूको हत्या गरेको हो ।यो पनि - स

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 219 पटक पढिएको
  • मनाङका चार स्थानीय तह प्रशासकीय अधिकृत विहीन

    मनाङ / मनाङका चार स्थानीय तह अहिले प्रशासकीय अधिकृत विहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएका कारण चार स्थानीय तह अधिकृत विहीन बनेको हो ।जिल्लाका नासोँ, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन् । स्थानीय तहमा अधिकृत नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आइपुगेका छैनन् ।  बाढी, पहिराका कारण सडक सञ्जाल विच्छेद भएकाले उनीहरूलाई जिल्ला आउन समस्या भएको बताइएको छ ।  प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक समस्याले  कर्मचारी आउन ढिलाइ भएको बताए ।

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 129 पटक पढिएको
  • सामुहिक हत्या : यी हुन्, देशका ठुला नरशंहार

    सङ्खुवासभा / सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको एकै परिवारका ६ जनाको बीभत्स हत्याको घटना प्रदेश एक र प्रहरीका लागि नयाँ भने हैन । सामूहिक हत्याका घटना यसअघि पनि देशका विभिन्न ठाउँमा भएका छन् ।प्रदेश एककै पाँचथरको मिक्लाजुङमा वि.स. २०७६ जेठमा एउटै परिवारका नौ जनाको हत्या तवरले हत्या भएको थियो ।सो घटनामा पनि परिवारकी एक बालिका भने बाच्न सफल भएकी थिइन ।यो पनि - सङ्खुवासभा हत्याकाण्ड : सीआईवीसँगै घटनास्थलमा ‘पिकु र लैला’सोमवार सार्वजनिक भएको सङ्खुवासभाको विभत्स नरसंहारको घटनामा पनि ८० वर्षीया वृद्धादेखि ५ वर्षीया नाबालिकसम्मको हत्या भएको छ । मारिनेमा ५६ वर्षीय तेजबहादुर कार्की , उनकी वृद्

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 423 पटक पढिएको
  • सङ्खुवासभा हत्याकाण्ड : सीआईवीसँगै घटनास्थलमा ‘पिकु र लैला’

    खाँदबारी / प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका –१ उम्लिङमा एकै परिवारका ६ जनाको बीभत्स हत्याको विषयमा सोमबार बेलुकाबाटै अनुसन्धान थालेको छ ।अनुसन्धानका लागि प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको प्रहरी टोली  ‘ट्र्याकर’डग  ‘पिकु र लैला’ अनि फरेन्सिक विज्ञ सहित पुगेपछि प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेको हो । सोमबार बेलुका देखिको निरन्तरको वर्षाका कारण अनुसन्धानमा असर देखिएपनि प्रहरीले अनुसन्धान भने जारी नै रहेको जनाएको छ ।  घटनास्थल पुगेको दाहाल नेतृत्वको अनुसन्धान टोलीले अनुसन्धानमा धरानबाट लगिएका ‘ट्र्याकर’डग पिकु र लैलालाई समेत प्रयोग गरेको छ। वर्षाका कारण अनुसन्ध

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 1,778 पटक पढिएको
  • सङ्खुवासभा हत्याकाण्ड : कान्छा छोराको परिवारका चारै जना बाँच्न सफल

    बिर्तामाेड / सङ्खुवासभाको मादी नगरपालिका –१ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या गरिएपनि सोही परिवारका ५ जना जीवित नै रहेको खुलेको छ  । आइतबार राती भएको घटनाको समयमा घरमा नै रहेका ९० वर्षीय वृद्ध बौद्धमान कार्की वृद्ध जीवित नै भेटिएका छन् ।  जीवित नै भेटिएका वृद्ध कान नसुन्ने र आँखा समेत नदेख्ने भएकाले हत्यामा संलग्नले उनलाई जीवित नै छाडेको अनुमान गरिएको छ ।खोला गाउँका तेज बहादुर कार्कीको घरमा घटना भएको समयमा रहेका एक जना वयोवृद्ध परिवारका सदस्य बाहेक सबैको हत्या भएको भएपनि परिवारका अन्य सदस्य घरमा नरहेकाले बाँच्न सफल भएको खुलेको हो ।मृतक तेजबहादुर दुई छोरा जेठो रमेश कार्की र

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 480 पटक पढिएको
  • एकै परिवारका ६ को हत्या

    खाँदबारी / सङ्खुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका –१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए । साथै एक जना वृद्ध घाइते रहेको उनले बताए।लिंथेपका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको हो । 

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 927 पटक पढिएको
  • राजवंशी हत्या : आफ्नै भाइ रतनलाल हत्या अभियोगमा पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोडमा आइतबार शंकास्पद अवस्थामा मृत भेटिएका भाद्रु राजवंशीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले उनकै भाइ रतनलाल राजवंशीलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बिर्तामोडबाट सादा पोशाकमा परिचालित प्रहरीले रतनलाललाई मेचीनगरबाट पक्राउ गरेका हुन् ।मृतकका छोराले किटानी जाहेरी दिएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी गराएका छन् ।बिर्तामोडको भद्रपुर रोडमा डेरा गरी बस्नेत मृतक भाद्रु र भाइ रतनलाल बिच शनिवार राती झगडा भएको थियो । झगडा पछि रतनलालले आफ्ना बुबाको हत्या गरेको भन्दै मृतकका

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 261 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.