जलेश्वर / महोत्तरीमा सर्पको टाेकाइबाट दुई बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका –२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका –२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन रहेका छन् । 
    
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति बालिकालाई सर्पले डस्दा मृत्यु भएको जानकारी दिए ।