सङ्खुवासभा / सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको एकै परिवारका ६ जनाको बीभत्स हत्याको घटना प्रदेश एक र प्रहरीका लागि नयाँ भने हैन । सामूहिक हत्याका घटना यसअघि पनि देशका विभिन्न ठाउँमा भएका छन् ।

प्रदेश एककै पाँचथरको मिक्लाजुङमा वि.स. २०७६ जेठमा एउटै परिवारका नौ जनाको हत्या तवरले हत्या भएको थियो ।सो घटनामा पनि परिवारकी एक बालिका भने बाच्न सफल भएकी थिइन


यो पनि - सङ्खुवासभा हत्याकाण्ड : सीआईवीसँगै घटनास्थलमा ‘पिकु र लैला’

सोमवार सार्वजनिक भएको सङ्खुवासभाको विभत्स नरसंहारको घटनामा पनि ८० वर्षीया वृद्धादेखि ५ वर्षीया नाबालिकसम्मको हत्या भएको छ । मारिनेमा ५६ वर्षीय तेजबहादुर कार्की , उनकी वृद्ध आमा, श्रीमती, बुहारी र दुई नातिनातिना रहेका छन्।

८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको शव विभत्स अवस्थामा भेटिएको छ । एकै परिवारका ६ जनाको हत्या भएपनि सोही परिवारका जेष्ठ सदस्य तेजबहादुरका ८९ वर्षीय बुवा बौद्धमान कार्की भने जोगिएका छन्। कान कम सुन्ने र बुद्ध अवस्थाका उनले बिहान मात्रै घटनाका विषयमा चाल पाएका थिए ।

घटनास्थलमा  तालिमप्राप्त कुकुर र फरेन्सिक सहित पुगेको प्रहरी टोलीले घटनाका विषयमा अनुशन्धान थालेको छ ।

यो पनि - सङ्खुवासभा हत्याकाण्ड : कान्छा छोराको परिवारका चारै जना बाँच्न सफल

बडिखेल हत्याकाण्ड

वि.स. ०६० असोज १६ गते दशैँको महाअष्टमीका दिन ललितपुरको बडिखेलमा एउटै परिवारका ५ जनाको विभत्स हत्या भएको थियो । सो घटनामा भानु नगरकोटीसहित उनकी ३० वर्षीया श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र आठ वर्षकी टुकुली भन्ने भगवतीको विभत्स तवरले मारिएका थिए ।

badikhel final

हत्याको अनुशन्धान  पुरा गर्न प्रहरीलाई १२ वर्ष लागेको थियो । १२ वर्षपछि आफन्तबाटै हत्या भएको निष्कर्ष निकालेको थियो । भानुका जेठान चन्द्रबहादुर पहारीले नगरकोटी परिवारको हत्या गरेको निष्कर्ष निकाल्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

नेपालगंज हत्याकाण्ड

nepalgung final

वि.स.०६२ साल फागुन २३ मा नेपालगन्जका दीपक हेमकरको परिवारमा छ जनाको विभत्स हत्या भएको थियो । सो घटनामा हेमकरको परिवारका पाँच सदस्य र एक कामदारको हत्या भएको थियो । घटनाको १३ वर्षपछि मात्रै हत्याकाण्डको पर्दाफास गर्न प्रहरी सफल बनेको थियो । दीपककै ससुरालीबाटै सम्पत्ति हत्याउन हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यो पनि - सङ्खुवासभा हत्याकाण्ड : एकै परिवारका छ जनाको विभत्स हत्या

भोजपुरका तीन बालबालिकाको हत्या रहस्यमै

balbalika

वि.स. ०७४ असारमा भोजपुर अरुण–१ प्याउलीमा तीन बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धानमा खटिएका प्रहरी र सिआइबी समेत अनुसन्धानमा असफल भएका थिए । घटना अहिले पनि रहस्यमा नै रहेको छ ।

नागरिकताका लागि परिवारकै हत्या

वि.स. ०७५ साल जेठमा सप्तरीको राजविराजमा सामान्य विवादमा परिवारकै हत्या भयो । राजविराज बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो ।
घटनाको अनुसन्धानमा खटिएका प्रहरीले सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेको निष्कर्ष निकालेको थियो । दाइले नागरिकता बनाउन सहयोग नगरेको रिसमा छिमेकीको सहयोगमा हत्या भएको खुलेको थियो ।

मिक्लाजुङ हत्याकाण्ड

एकै स्थानमा एकै समयमा दुई जना भन्दाबढीको हत्याका घटना विरलै हुने गरेका छन् । वि.स. २०७६ जेठमा पाँचथरको मिक्लाजुङ्मा पनि दुई परिवारका नौ जनाको विभत्स तवरले हत्या भएको थियो। सो घटनामा पनि परिवारकी एक बालिका भने बाँच्न सफल भएकी थिइन् ।

panchther final

मिक्लाजुङ घटनामा ३६ वर्षीया जस्मिता फियाक १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बुको विभत्स शव भेटिएको थियो ।
सो घटनाको अनुसन्धानमा संलग्न प्रहरीले परिवारका कान्छा ज्वाई मानबहादुर माखिमले परिवारका सवैको हत्या पछि आत्महत्या गरेको निष्कर्ष निकालेको थियो । घर नजिकैको स्थानमा माखिम सो समयमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।  


तिलोत्तमा हत्याकाण्ड

वि.स. २०७७ जेठमा रुपन्देहीको तिलोत्मा १० मा एकै स्थानमा पाँच जनाको सामूहिक हत्या भएको थियो । कोदालो प्रहार गरी हत्या भएको सार्वजनिक भएको थियो । गंगादेवी पशु फार्ममा काम गर्ने ४ जना पुरूष र एक महिलाको हत्या भएको थियो । सो घटनामा जानकी मुसहर, माधव मुसहर, करण चौधरी, आशिष चौधरी र पोषराज मुसहर मारिएका थिए ।

tilotamma final

तिलोत्तमा हत्याकाण्डको छानविनमा संलग्न प्रहरी घटना सार्वजनिक भएकै दिन हत्यामा संलग्नलाई पक्राउ गर्न सफल बनेको थियो । प्रहरीले सो विभत्स हत्यामा संलग्न रहेको अभियोगमा सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई पक्राउ गरेको थियो ।  

पक्राउ परेकाले अपराध स्विकार्दै रिसको आवेगमा हत्या गरेको प्रहरीलाई वयान दिएका थिए । अदालतको आदेशमा जन्मकैदको सजाय पाएका सिंजाली यतिवेला कारागारमा रहेका छन् ।

थिमि हत्याकाण्ड
वि.स. २०७७ साल भदौमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ निकोसेरामा एकै परिवारका तिन जनाको विभत्स तवरले भएको हत्या थिमि हत्याकाण्डका नामले चिनिन्छ । सो समयमा पनि एकै परिवारका तीन जना सदस्य घरभित्रै मृत फेला परेका थिए।  ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय सुशान्त ९छोरा० मृत भेटिएका थिए।

सो घटनाको अनुसन्धानमा खटिएका प्रहरीले सुदीपले आफ्नी श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेको निष्कर्ष निकालेका थिए ।

bhojpur final

आफुबाट भएको अपराधका घटना र आफ्नो पहिचान लुकाउन अपराधमा संलग्नले धेरै जनाको हत्या गर्ने गरेका छन् । आफ्नो पहिचान खुल्ने, रिसइबी र सम्पत्ति हत्याउनका लागि नै सामूहिक हत्याका घटना हुने गरेको प्रहरीको भनाई छ ।

सोमवार संखुवासभामा भएको विभत्स हत्याको घटना पनि त्यस्तै भएको अड्कल काटेर प्रहरीले यतिवेला अनुसन्धान थालेको छ । आशा गरौं हामी जघन्य अपराधको यो घटनाको अनुसन्धानमा सकृय प्रहरी अपराधमा संलग्नको पहिचान र पक्राउ गर्न सफल हुनेछ भनेर