बिर्तामाेड / सङ्खुवासभाको मादी नगरपालिका –१ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या गरिएपनि सोही परिवारका ५ जना जीवित नै रहेको खुलेको छ  । 

आइतबार राती भएको घटनाको समयमा घरमा नै रहेका ९० वर्षीय वृद्ध बौद्धमान कार्की वृद्ध जीवित नै भेटिएका छन् ।  जीवित नै भेटिएका वृद्ध कान नसुन्ने र आँखा समेत नदेख्ने भएकाले हत्यामा संलग्नले उनलाई जीवित नै छाडेको अनुमान गरिएको छ ।

OM Sai Pathibhara Hospital

खोला गाउँका तेज बहादुर कार्कीको घरमा घटना भएको समयमा रहेका एक जना वयोवृद्ध परिवारका सदस्य बाहेक सबैको हत्या भएको भएपनि परिवारका अन्य सदस्य घरमा नरहेकाले बाँच्न सफल भएको खुलेको हो ।


मृतक तेजबहादुर दुई छोरा जेठो रमेश कार्की र कान्छो वैदेशिक रोजगारका क्रममा विदेशमा नै रहेको खुलेको छ । जेठो छोरा रमेश मलेसियामा र कान्छो नरेश दुबईमा रहेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय संविधानसभाले जनाएको छ ।

याे पनि –सङ्खुवासभा हत्याकाण्ड : एकै परिवारका छ जनाको विभत्स हत्या

मलेसियामा रहेका जेठा छोरा रमेशकी श्रीमती र छोराछोरी भने घटनाका समयमा घरमा नै रहेकाले हत्या भएको छ । तर कान्छो छोरा नरेशकी श्रीमती र एक छोरा भने झापा गएको अवस्थामा घटना भएकाले जोगिन सफल भएका छन् ।

परिवारका जेष्ठ सदस्य बौदमान जोगिन सफल भएपनि उनकी ८४ वर्षीया श्रीमती पार्वती कार्कीको भने हत्या भएको छ ।

याे पनि –एकै परिवारका ६ को हत्या

५२ वर्षीय तेज बहादुरको शव घर नजिकै सडकमा र ८४ वर्षीया पार्वतीको शव घर भित्रै भेटिएको थियो । त्यसैगरी तेजबहादुरकी ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जनाको शव घर नजिकैको खोल्सामा भेटिएको छ । रमेश र रन्जनाका ११ वर्षीय छोरा दिपेन र ७ वर्षीया छोरी गोमाको शव भने घर नजिकैको मकैबारीमा भेटिएको हो ।

घटना स्थलमा अनुसन्धान विज्ञ , फरेन्सिक विज्ञ र कुकुर समेत पठाइएकाले मंगलबार मात्रै शव उठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकका शव छरिएको अनि फरक – फरक स्थानमा भेटिएकाले घटना स्थलमा पुगेका प्रहरीले भगाई – भगाई हत्या गरेको हुन सक्ने बताएका छन् । जीवित रहन सफल वृद्ध बौद्धमानले भने घटनास्थल पुगेका प्रहरीलाई आफूले केही पनि थाहा नै नपाएको प्रारम्भिक बयान दिएका छन् ।