खाँदबारी / सङ्खुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको छ । 

मादी नगरपालिका –१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए । साथै एक जना वृद्ध घाइते रहेको उनले बताए।

OM Sai Pathibhara Hospital

लिंथेपका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको हो । 


घटना भएकाे  बिहान नाै बजे थाहा पाएकाे र थाहा पाए लगतै प्रहरीलाइ खबर गरेकाे स्थानीयले बताएका छन् ।

घाइते भएका वृद्ध भने आँखा नदेख्ने र कान पनि सुन्न नसक्ने मादी नगरपालिका वडा नम्बर –१ का वडाध्यक्ष खेमनाथ कटुवालले जानकारी  दिए । 

घटना स्थलमा प्रहरी पुगे पनि उनीहरूको हत्या कसले गरेको हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।