बिर्तामोड / झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।  

मेचीनगर नगरपालिका –१३ चारआलीस्थित सिग्देल गाउँमा मंगलबार राति हात्तीले घर भत्काउँदा तीज मनाउन माइत आएकी रेजिना घिमिरे  घाइते भएकी हुन् । 

OM Sai Pathibhara Hospital

हात्तीको आक्रमणबाट घाइते भएकी उनको कानमा चोट लागेर स्थानीय मनकामना अस्पतालमा उपचार भइरहेको मेचीनगर –१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।

मध्यरातमा दुई वटाको सँख्यामा आएका हात्तीले मेचीनगर –१३ का यमकान्त घिमिरे र दिलबहादुर मग्रान्तीको घर भत्काएको छ ।