मनाङ / मनाङका चार स्थानीय तह अहिले प्रशासकीय अधिकृत विहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएका कारण चार स्थानीय तह अधिकृत विहीन बनेको हो ।

जिल्लाका नासोँ, चामे, ङिस्याङनार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन् । स्थानीय तहमा अधिकृत नहुँदा सेवाग्राही मर्कामा परेका छन् । 

OM Sai Pathibhara Hospital

सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आइपुगेका छैनन् ।  बाढी, पहिराका कारण सडक सञ्जाल विच्छेद भएकाले उनीहरूलाई जिल्ला आउन समस्या भएको बताइएको छ ।  

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक समस्याले  कर्मचारी आउन ढिलाइ भएको बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाका काम अगाडि बढाउन समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।