बिर्तामोड / झापाको बिर्तामोडमा आइतबार शंकास्पद अवस्थामा मृत भेटिएका भाद्रु राजवंशीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले उनकै भाइ रतनलाल राजवंशीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट सादा पोशाकमा परिचालित प्रहरीले रतनलाललाई मेचीनगरबाट पक्राउ गरेका हुन् ।

OM Sai Pathibhara Hospital

मृतकका छोराले किटानी जाहेरी दिएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी गराएका छन् ।

बिर्तामोडको भद्रपुर रोडमा डेरा गरी बस्नेत मृतक भाद्रु र भाइ रतनलाल बिच शनिवार राती झगडा भएको थियो । झगडा पछि रतनलालले आफ्ना बुबाको हत्या गरेको भन्दै मृतकका नाबालक छोराले प्रहरीलाई बयान दिएका थिए ।