उदयपुर / उदयपुरको कटारीबाट गाडी चालकलाई ढुङ्गाले हानेर बेहोस बनाई १४ लाख  रुपैयाँ लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङगा चिसंम्खु गाउँपालिका –३ का ५४ वर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । 

मङ्गलबार बेलुका ५ बजे उदयपुर कटारी नगरपालिका –४ का २५ वर्षीय प्रकाश श्रेष्ठले चलाएको प्रदेश नं २–०१–००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुङ्गा खाद्यन पुराइ काटारी तर्फ आउने क्रममा रमेशले म पनि ब्यापारी हो समान लिन कटारी जाने भनी उक्त गाडीमा लिफ्ट मागी आएका थिए ।

OM Sai Pathibhara Hospital

आउने क्रममा बर्मी जंङगलमा पिसाब फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुङगाले गर्धनमा हानी बेहोस बनाई प्रकाशको साथमा रहेको रकम १३ लाख ७७ हजार ८ सय ९५ रुपैयामोबायलसमेत लुटपाट गरी फरार भएका थिए ।

केही समय पश्चात होसमा आई प्रहरीलाई खबर गर्न साथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ४ गबुवा जंगलबाट बेलुका ७ बजे लुटपाटमा संलग्न रमेशलाई लुटपाट गरेको नगद र मोबाईलसहित पक्राउ गरेको हो ।