समाज

    Showing 10,021-10,030 of 11,162 items.
  • वीरता लेडी जेसीजको रक्तदान कार्यक्रम सम्पन्न : २६ महिलासहित ७७ जनाले गरे रक्तदान

    बिर्तामोड / बिर्तामोडमा वीरता लेडी जेसीजको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको चरम अभाव भइरहेको समयमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा लेडी जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।वीरता लेडी जेसीजको आयोजनामा भएको सो कार्यक्रममा २६ जना महिला सहित ७७ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रमको अध्यक्षता वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले गरेकी थिइन् ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी लगायत लेडी जेसीजका पूर्व अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो । वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 313 पटक पढिएको
  • झापामा बिहेमा माेटरसाइकल दाइजो मागेपछि बेहुला पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर –१५ स्थित ज्यामिरगढीबाट दाइजो मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका –४ का २८ वर्षीय डेबिट चौधरी रहेका छन् । हिजो (शुक्रबार) साझ बेहुली अन्माउने बेलामा बेहुलाले दाइजोमा मोटरसाइकल नदिए बेहुली नलाने भन्दै धम्की दिएपछि बेहुलीका बुबा पुष्पलाल राजवंशीले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएका थिए । राजवंशीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटेको टोलीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।  प्रहरीले चौधरील

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 336 पटक पढिएको
  • होटलमा युवती मृत फेला

    कैलाली / कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन्। लम्कीचुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन्।आज (शनिबार) दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायले जानकारी दिए । उपाध्याका अनुसार उनी धमला होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेकी हुन् । 

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 210 पटक पढिएको
  • उपचार खर्च नहुँदा भाेजपुरका दुई दाजुभाइ सात वर्षदेखि खोरमा

    भोजपुर / आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि भोजपुरमा दुई युवालाई खोरमा राखिएको छ । भोजपुरको साल्पासिछो गाउँपालिका –२ का ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्बर चौहानलाई खोरमा राखिएको हो । मानसिक सन्तुलन गुमेका उनीहरूको आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि खोरमा राख्नु परेको बुबा छत्रबहादुर चौहानले बताए । छत्रबहादुरका अनुसार डेगराजलाई खोरमा राखेको सात वर्ष भयो भने डम्बरलाई राखेको दुई वर्ष भयो । उनीहरूलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ । छोराहरूलाई यसरी खोरमा राख्दा आफूलाई नै पीडा हुने छत्रबहादुर बताउँछन् । छत्रबहादुरका अनुसार उनीहरूको काठमाडौँमा रहेको पाटन अस्पतालमा

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 288 पटक पढिएको
  • दमकमा पोखरीमा डुबेर एक किशोरको मृत्यु

     दमक //झापाको दमकमा  पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ। दमक नगरपालिका -२ स्थित लाँचेको बाँध नामले चिनिने सिमसार क्षेत्रमा रहेको पोखरीमा डुबेर वडा नं. ५ बस्ने १४ वर्षीय रोहन राईको मृत्यु भएको हो । साथीहरुसँग पौडी खेल्न गएका मृतक राई वेपत्ता भएका थिए । सँगै पौडी खेल्न गएका ४ जना मध्ये एक जना पानी भित्रै वेपत्ता भएपछि गाउँलेहरू हो-हल्ला  गर्दै प्रहरीलाई खबर गर्न पुगेका थिए। लगतै उनको खोजीमा खटिएको शसस्त्र प्रहरीको टोलीले  पोखरी भित्र दलदल हिलो भएको ठाउँमा  भासिएर मृत अवस्थामा रहेको उनको शरीरलाई बाहिर निकालेको टोलीमा खटिएका इलाका प्रहरी कार्यालय दमकका  प्रहरी निर

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 196 पटक पढिएको
  • इटहरीमा आफ्नै श्रीमती र छोरीमाथि धारिलो हतियार प्रयोग , श्रीमतीको अवस्था गम्भीर

     इटहरी// इटहरीमा एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमती र छोरीलाई  गम्भीर घाइते बनाएका छन्। इटहरी उपमहानगरपालिका - ४ का हरि बानियाँले ४० बर्षीया श्रीमती कविता बानियाँ र छोरी कजिना बानियाँलाई धारिलो हतियार  प्रयोग गरेका हुन्।दुवै जनालाई प्रहरीले उद्धार गरेको हो। श्रीमतिको टाउको र शरिरमा गम्भिर चोट लागेको छ ।उनको अवस्था गम्भिर रहेको बताइएको छ। छोरीको पनि शरिरमा चोट लागेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी गराएका छन्।घाइते दुवैलाई उपचारका लागि बिराटनगर स्थित न्युरो हस्पिटलमा पठाइएको छ । यता हतियार प्रहार गर्ने हरिलाई पक्राउ गर

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 205 पटक पढिएको
  • १४ वर्षीया बालिका बलात्कृत

    ललितपुर / ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौत रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 204 पटक पढिएको
  • वडा अध्यक्षको हृदयघातले मृत्यु

    सिराहा / पाँच वर्षे कार्यकाल समाप्ती हुनै लागेका बेला सिरहाको गोलबजार नगरपालिका–११का वडा अध्यक्ष रामदेव यादवको हृदयघातका कारण निधन भएको छ ।५२ वर्षीय यादवको शुक्रबार निधन भएको गोलबजार नगरपालिकाले जानकारी गराएको छ । मृतक यादवलाई एक महिनाकै अवधिमा यसअघि पनि दुई पटक हृदयघात भईसकेको थियो ।हृदयघात पछि उपचार गरेर घर फर्किएका उनलाई बिहीबार पुनः हृदयघात भएको थियो । बिहीबार पुन हृदयघात भएपछि उपचारका लागि धरान स्थित वी।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।  मृतक यादव नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनको आजै अन्तिम संस्कार ग

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 216 पटक पढिएको
  • नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चाद्धारा भद्रपुरमा नगर कमिटी गठन

    झापा / नेकपा माओवादी केन्द्र निकट नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चाले झापाको भद्रपुरमा नगर कमिटी गठन गरेको छ । बिहीबार भद्रपुरमा भएको भेलाले लगन रसाइलीको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा टीका दास, गोविन्द खृपाल, नारायण नेपाली र लक्ष्मी रसाइली चयन भएका छन् । त्यस्तै सचिवमा वीरु धमला, सहसचिवमा कुमार बिक, रेणु भुइमाली चयन भएकी छिन भने कोषाध्यक्षमा उमा चर्मकार चयन भएका छन् । नगर अध्यक्ष मोहन धमलाको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य सुरेश बराइली, मिरा सन्जेल अधिकारी, नगर इन्चार्ज नरेश सन्जेल, सह–इन्चार्ज पुकार राजवंशी, शिवकुमार र

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 171 पटक पढिएको
  • फोहोरको थुप्रोमाथि शिशुको शव फेला

    काठमाडौँ /  काठमाडौँको धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै कपडाले छोपिएको अवस्थामा फोहोरको थुप्रोमाथि नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो ।घटनाका विषयमा अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जनाएका छन् । 

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 263 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.