सिराहा / पाँच वर्षे कार्यकाल समाप्ती हुनै लागेका बेला सिरहाको गोलबजार नगरपालिका–११का वडा अध्यक्ष रामदेव यादवको हृदयघातका कारण निधन भएको छ ।

५२ वर्षीय यादवको शुक्रबार निधन भएको गोलबजार नगरपालिकाले जानकारी गराएको छ । मृतक यादवलाई एक महिनाकै अवधिमा यसअघि पनि दुई पटक हृदयघात भईसकेको थियो ।

हृदयघात पछि उपचार गरेर घर फर्किएका उनलाई बिहीबार पुनः हृदयघात भएको थियो । बिहीबार पुन हृदयघात भएपछि उपचारका लागि धरान स्थित वी।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।  

मृतक यादव नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनको आजै अन्तिम संस्कार गरिनेछ ।