इटहरी// इटहरीमा एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमती र छोरीलाई  गम्भीर घाइते बनाएका छन्।

इटहरी उपमहानगरपालिका - ४ का हरि बानियाँले ४० बर्षीया श्रीमती कविता बानियाँ र छोरी कजिना बानियाँलाई धारिलो हतियार  प्रयोग गरेका हुन्।

OM Sai Pathibhara Hospital

दुवै जनालाई प्रहरीले उद्धार गरेको हो।

श्रीमतिको टाउको र शरिरमा गम्भिर चोट लागेको छ ।उनको अवस्था गम्भिर रहेको बताइएको छ। छोरीको पनि शरिरमा चोट लागेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी गराएका छन्।

घाइते दुवैलाई उपचारका लागि बिराटनगर स्थित न्युरो हस्पिटलमा पठाइएको छ । 

यता हतियार प्रहार गर्ने हरिलाई पक्राउ गरिएको प्रहरी निरिक्षक कटवालले बताएका छन् ।

के बिषयमा हतियार प्रहार गरिएको ? र कस्तो हतियार प्रहार भएको ?भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।