दमक //झापाको दमकमा  पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ।

दमक नगरपालिका -२ स्थित लाँचेको बाँध नामले चिनिने सिमसार क्षेत्रमा रहेको पोखरीमा डुबेर वडा नं. ५ बस्ने १४ वर्षीय रोहन राईको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

साथीहरुसँग पौडी खेल्न गएका मृतक राई वेपत्ता भएका थिए ।

सँगै पौडी खेल्न गएका ४ जना मध्ये एक जना पानी भित्रै वेपत्ता भएपछि गाउँलेहरू हो-हल्ला  गर्दै प्रहरीलाई खबर गर्न पुगेका थिए।

लगतै उनको खोजीमा खटिएको शसस्त्र प्रहरीको टोलीले  पोखरी भित्र दलदल हिलो भएको ठाउँमा  भासिएर मृत अवस्थामा रहेको उनको शरीरलाई बाहिर निकालेको टोलीमा खटिएका इलाका प्रहरी कार्यालय दमकका  प्रहरी निरीक्षक अनिल लिम्बुले जानकारी गराएका छन्। 

एक बर्ष अघि पनि सो क्षेत्रमा अर्का एक किशोरको मृत्यु भएको  थियो ।