बिर्तामोड / बिर्तामोडमा वीरता लेडी जेसीजको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

रगतको चरम अभाव भइरहेको समयमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा लेडी जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

OM Sai Pathibhara Hospital

वीरता लेडी जेसीजको आयोजनामा भएको सो कार्यक्रममा २६ जना महिला सहित ७७ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रमको अध्यक्षता वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले गरेकी थिइन् ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी लगायत लेडी जेसीजका पूर्व अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो । 

वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने कार्यक्रम संयोजक तथा लेडी जेसीजकी उपाध्यक्ष निशा शाक्यले स्वागत मन्तव्य राखेकी थिइन् । 


त्यस्तै ,कार्यक्रममा जेसीज आस्था उपाध्यक्ष पूजा काफ्लेले वाचन गरेकी थिइन् भने मिसन भिजन तालीम संयोजक श्रेयसी चौधरीले वाचन गरेकी थिइन् । 

विभिन्न पूर्व अध्यक्ष लगायतका अन्य अतिथिको उपस्थितिमा सम्पन्न सो रक्तदान कार्यक्रममा पूर्व अध्यक्ष पार्वता विमलीले राखेकी थिइन् । अलैँची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले समेत कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।