कैलाली / कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन्। लम्कीचुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन्।

आज (शनिबार) दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उपाध्याका अनुसार उनी धमला होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेकी हुन् ।