झापा / नेकपा माओवादी केन्द्र निकट नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चाले झापाको भद्रपुरमा नगर कमिटी गठन गरेको छ ।

बिहीबार भद्रपुरमा भएको भेलाले लगन रसाइलीको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको हो । 

OM Sai Pathibhara Hospital

नगर कमिटीको उपाध्यक्षमा टीका दास, गोविन्द खृपाल, नारायण नेपाली र लक्ष्मी रसाइली चयन भएका छन् । त्यस्तै सचिवमा वीरु धमला, सहसचिवमा कुमार बिक, रेणु भुइमाली चयन भएकी छिन भने कोषाध्यक्षमा उमा चर्मकार चयन भएका छन् । 

नगर अध्यक्ष मोहन धमलाको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य सुरेश बराइली, मिरा सन्जेल अधिकारी, नगर इन्चार्ज नरेश सन्जेल, सह–इन्चार्ज पुकार राजवंशी, शिवकुमार राज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।