काठमाडौँ /  काठमाडौँको धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै कपडाले छोपिएको अवस्थामा फोहोरको थुप्रोमाथि नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो ।

घटनाका विषयमा अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जनाएका छन् ।