समाचार

    Showing 8,071-8,080 of 25,627 items.
  • सिमरामा जेनजी समूह र प्रशासनबीच वार्ता : अवस्था सामान्य बनाउने प्रयास जारी

    बारा । बारको सिमरा क्षेत्रमा बुधबारदेखि चर्किएको विवाद र तनावलाई साम्य पार्न स्थानीय प्रशासन र जेन–जी समूहका अगुवाहरू छलफलमा जुटेका छन् । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार दुवै पक्षबीचको वार्ता पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा केहीबेरमा हुँदैछ ।यसअघि जिल्ला प्रशासन कार्यालयले बिहीबार नै प्रदर्शनकारीहरूलाई औपचारिक वार्ताका लागि आह्वान गरेको थियो, तर जेन–जी समूहले वार्ता सिमरा आसपास क्षेत्रमै हुनुपर्ने माग राखेका थिए। प्रजिअ मिश्रले भने, ‘जिल्ला सुरक्षा समिति र जेन–जी अगुवाहरूबीच हुन सक्ने आपसी असमझदारी हटाउन छलफल गर्न लागिएको हो। यस

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 205 पटक पढिएको
  • केपी ओली र रमेश लेखकलाई कारबाही गर्नुपर्ने जेनजीको माग

    काठमाडौं । कमन जेनजी नेपालले जेनजी पुस्ताको मागलाई पुरै वेवास्ता गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ ।शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजीको हत्या र खर्बौंको विध्वसंको जिम्मेवार ओली सरकारका मुख्य व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउनसमेत माग गरेको छ ।कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले दुई महिना बढी भइसक्दा पनि जेनजीलाई दमन गर्ने केपी ओलीलाई पक्राउ नगर्दा उनीहरु पुनः बिद्रोहको आगो झोस्न उद्धत रहेको आरोप लगाए । साहले वर्तमान सरकारले जेनजीको हत्या गर्ने भ्रष्टाचारीहरुलाई कारबाही नगर्ने हो भने तत्काल राजीनामा दिन पनि माग गरे ।केपी ओलीसहितक

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 196 पटक पढिएको
  • एनपीएल : पोखरा एभेन्जर्सलाई सुदूरपश्चिमको १९४ रनको विशाल लक्ष्य

    काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको विशाल लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर सुदूरपश्चिमका ओपनर ब्याट्सम्यान जोस ब्राउनको अर्धशतकको सहयोगमा १९३ रन जोडेको हो । उनले २९ बलको सामना गरी तीन छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।जारी सिजनको एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी सुदूरपश्चिमका दोस्रा खेलाडी हुन् ।यसअघि, काठमाडौं विरुद्धको खेलमा सुदूरपश्चिमका हरमित सिंहले २० बलमा ५३ रन बनाएका थिए ।एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 224 पटक पढिएको
  • विद्यालय बसको ठक्करबाट बालकको मृत्यु

    रौतहट— रौतहटमा विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।माधवनारायण नगरपालिका वडा नं. ३ सखुआवामा रहेको ओम एकेडेमीको बसले जयनगरमा शुक्रबार बिहान दुई बर्षीय बालकलाई ठक्कर दिएको हो ।गरुडा नगरपालिका वडा नं. १ जयनगर बस्ने रंजन साहका दुई  वर्षका छोरा आदित्य कुमार साहलाई ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ ।बसको ठक्करबाट  बालक आदित्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले बताए । उनका अनुसार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो ।इलाका प्रहरी कार्यालय गरुडाले बाल

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 211 पटक पढिएको
  • बागमती गाउँपालिकाको बगाहमा पहिलोपटक बस सेवा सञ्चालन

    मकवानपुर— मकवानपुरको बागमती गाउँपालिका–२ बगाहका स्थानीयवासीले गाउँमा पहिलोपटक बस सेवा संचालन भएपछि बसका चालक र सहचालकलाई हार्दिक स्वागत गरेका छन् । बिहीवारदेखि हेटौंडा–राईगाउँ–बगाह–डोटे हुँदै रौतहटको क्यान्टिनसम्म नियमित बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएपछि दशकौँदेखि यातायातको सहज पहुँच नपाउँदै आएका स्थानीयहरू उत्साहित बनेका हुन् ।यसअघि बगाह क्षेत्रमा साना गाडीहरूले मात्र यात्रा सुगम बनाउने प्रयास गरे पनि भौगोलिक कठिनाइ र सडक संरचनाका कारण ठूला सवारीसाधन चल्न सकेका थिएनन्। अब भने पहिलोपटक बस नियमित रूपमा गाउँसम्म पुगेपछि स्थानीयले यसलाई ऐतिहासिक क्षणका रूपमा मनाएका छन् ।गाउँको चोकमै भेला

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 236 पटक पढिएको
  • पाकिस्तानमा रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु

     काठमाडौं— पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको एक आवासीय इलाकामा शुक्रबार बिहान रासायनिक कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । दर्जनौँ मानिस घाइते भएका समाचार संस्था सिन्ह्वाले जनाएको छ ।औद्योगिक सहर फैसलाबादमा स्थानीय समयानुसार बिहान करिब ५ः३० बजे विस्फोट भएको हो । विस्फोटका कारण ठूलो आगो लागेको र त्यो तत्कालै फैलिएको जनाइएको छ ।विस्फोटको प्रभावले नजिकैका धेरै घरका भित्ता र छाना ढलेको छ ।  मृतक तथा घाइतेमा धेरैजसो त्यस्ता घरका बासिन्दा रहेका जनाइएको छ ।घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । उनीहरूमध्ये धेरैको अवस्था गम्भीर छ ।उद्धार कार्य जारी छ । कारखानाभित्र अझै थुप्रै म

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 344 पटक पढिएको
  • क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको नाममा क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। काभ्रे चौरीदेउराली गाउँपालिका–९ का स्थायी बासिन्दा तथा हाल ललितपुर महानगरपालिका–३ मा बस्दै आएका २० वर्षीय आसमान विकलाई प्रहरीले पक्राउ गरेको हो।विकले क्यानडा पठाइदिने प्रलोभन देखाई एक पीडितबाट ६ लाख रुपैयाँ असुली गरेको र त्यसपछि सम्पर्कविहीन बनेको भन्दै परेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई महानगरपालिका–११ क्षेत्रबाट नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार पक्राउ परेका विकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 336 पटक पढिएको
  • कमला पुल जुनसुकै हालतमा बन्नु पर्छः उर्जा मन्त्री घिसिङ

    जनकपुर— ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला पुल जुनसुकै हालतमा बन्नुपर्ने बताएका छन् ।कमला पुलको निरीक्षण गर्न आएका मन्त्री घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै कमला पुल निर्माण हुनुनै पर्नेमा जोड दिए । उनले आज पुल निरीक्षण गरेर पुलको वास्तवीक अवस्था बुझेर थप गर्नुपर्ने काम अगाडि बढाउने जानकारी दिए । उनले सोही पुललाई तत्काल बनाएर अगाडि बढ्न सक्ने कि पुनः निर्माणनै गर्नुपर्नेमा सबै पक्ष हेरेर विचार गरिने बताए । उनले नयाँ पुल बनाउनु परेपनि बनाउने तर कुनै पनि हालतमा पुल सञ्चालनमा ल्याएर छाड्ने बताए ।मन्त्री घिसिङसहितको टोली हिजो ज

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 394 पटक पढिएको
  • कर्णालीको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान

    सुर्खेत—  कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को बार्षिक प्रतिवेदनअनुसार कर्णालीको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चार दशमलव ७४ प्रतिशत हुने अनुमान गरिएको छ ।राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान ४.१९ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो योगदान ४.२९ प्रतिशत रहने संशोधित अनुमान थियो ।यस वर्ष मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको योगदान क्रमशः ५.२४ प्रतिशत, ३.१३ प्रतिशत र ३.९८ प्रतिश

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 392 पटक पढिएको
  • चीनमा रोबोट उत्पादनमा वृद्धि

    काठमाडौं— चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो ।चीन मेसिनरी उद्योग महासंघको नयाँ तथ्याङ्कका अनुसार देशको औद्योगिक रोबोटको उत्पादनमा ठूलो वृद्धि देखाएको हो ।  किनकि डाउनस्ट्रीम उत्पादन क्षेत्रहरूबाट माग बढ्दै गएकलागे रोबोटको पनि माग बढेको हो । तथ्यांक अनुसार, देशले यस वर्षको पहिलो तीन त्रैमासिकमा ५९५,००० युनिट उत्पादन गरेको छ, जुन २०२४ को कुल भन्दा बढी हो।टेक हब शेन्जेन शहरमा रहेको लेनोभो स्मार्ट निर्माण प्लान्टमा, रोबोटहरू निर्माणमा अन्तिम रुप दिइन्छ र  देशभरका स्थानहरूमा पठाइन्छ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 348 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.