समाचार

    Showing 8,071-8,080 of 19,582 items.
  • चम्लागाईंले गरे अपाङ्ग संघको अध्यक्षमा उम्मेदवारी घोषणा

    काठमाडौं । माधव चम्लागाईँले नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको पहिलो केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका हुन् । उमेद्वारी घोषणापछि उनले अपाङ्गता क्षेत्रमा विगत लामो समयदेखि विभिन्न किसिमले हक र अधिकारको लागि निरन्तर रुपमा लागिरहेकाले त्यसको मूल्यांकन हुनेमा विश्वस्त रहेको सुनाए । अपाङ्गता व्यक्तिहरुलाई पनि स–सम्मानपूर्वक समाजमा बाच्न पाउने अधिकार स्थापना गर्ने उद्देश्यका साथ अघि बढिरहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुलाई

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 242 पटक पढिएको
  • मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन् ।नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर यही चैत १ गतेदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौँथो दिन रेडपाण्डा भेटेको हो । रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डासम्बन्धी स्थलगत अध्ययन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईको संयोजकत्वमा एक टोली मेरुङ पुगेका छन् । रेडपाण्डालाई दुई हजार

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 250 पटक पढिएको
  • रामेछापवासीले उपयोग गर्न पाएनन् मन्थली विमानस्थल

    रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा विमानस्थल छ । विमानस्थल सञ्चालनमा पनि छ । तर यो विमानस्थल रामेछापवासीलाई भने ‘कागलाई बेल पाक्यो हर्ष न विष्मत’ जस्तै छ । काठमाडौंबाट रामेछापसम्म सडक नजोडिँदासम्म काठमाडौं आउजाउ गर्ने एक मात्र विकल्पको रूपमा रहेको विमानस्थलबाट अहिले रामेछाप–काठमाडौं यात्रा गर्छौँ भन्दा पनि रामेछापवासीले यात्रा गर्न पाउँदैनन् । विमान सेवा प्रदायक कम्पनीहरूले नियमित उडान सेवा राख्न नमान्दा विमानस्थल चार्टर उडान गर्ने विमानस्थल मात्र बनेको छ । सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई दुई सिजनमा मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था ग

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 224 पटक पढिएको
  • रौतहटमा दमकलको अभाव

    रौतहट । रौतहटका अधिंकाश स्थानीय तहमा बरुण यन्त्र (दमकल) आवश्यकता भन्दा कम हुँदा आगलागीका घटना समस्या हुने गरेको छ । अहिले हावाहुरीको मौसम भएकोले आगलागीका घटना भइहालेमा नियन्त्रण गर्नका लागि यहाँ दमकलको अभावले अधिक क्षति हुने गरेको देखिएको हो । गाउँमा अधिकांशको फुसको कच्ची घर हुने भएकाले अगालागीको घटनामा धेरै क्षति हुने गरेकाले समयमा नै जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्ने कटहरियाका प्रकाश श्रेष्ठले बताए ।नगरपालिकाको बजेटबाट आफनो प्रयोगका लागि साधन खरिदमा जनप्रतिनिधिले चासो दिएपनि दमकल खरिदतर्फ चासो नदिएको उनको आरोप छ । १८ स्थानीय तहमध्ये तीन÷चारवटा नगरपालिका वाहेक अन्यसंग दमकलको

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 319 पटक पढिएको
  • सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।    यसैगरी, चाँदीको मोल प्रतितोला रु १५ ले घटेर रु दुई हजार ३० निर्धारण भएको छ । बुधबार सोही परिमाणको चाँदी  रु दुई हजार ४५मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 236 पटक पढिएको
  • हेटौंडामा ट्रकसँग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो

    हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ । बिहीबार बिहान विरगंजबाट ग्याँस बोकेर धादिङको धार्के तर्फ जाँदै गरेको एन एल ०१ ए ए ५००७  नम्बरको भारतिय ग्यास वुलेट विपरीत दिशाबाट आइरहेको ग १ ख ९४८१ नम्बरको ट्रकसंग ठोक्किदा ग्याँस बुलेट सडक किनारमा पल्टिएको हो ।बुलेटको बेक्र फेल भएर ट्रकसंग ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ । तर दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । ग्याँस भरि रहेका कारण थप क्षति हुनु नदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भईरहेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए ।

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 279 पटक पढिएको
  • शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले रासससँग भन्नुभयो, “देशभरका केन्द्रमा शान्तिपूर्णरुपमा परीक्षा सञ्चालन भइरहेको छ, हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी छैन ।”यसवर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गतवर्षको एसइईमा चार ल

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 329 पटक पढिएको
  • व्यक्तिगत रिसीईबीका कारण वडाध्यक्ष र वरिष्ट उपाध्यक्षबीचको विवादले उग्र रुप लिँदै

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले मनपर्दी गर्दै आएको आरोप लगाइएको छ ।स्थानीय महेन्द्र मेडिकल प्रालिका सञ्चालक एवं जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार साहसहित सो वडाका सदस्यहरुले यस्तो आरोप लगाएका हुन् । सञ्चालक साहले पत्रकार सम्मेलन आयोजना गरी व्यक्तिगत रिसइवीका कारण मनपर्दी गर्दै वडाध्यक्ष साहले चार किल्ला सिफारिस दिन नमानेको आरोप लगाए ।वडाध्यक्ष साहले भने अनुसार आफूले चापाकल नगडाई दिएको कारण त्यसको रिसइवी जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा समेत आफूविरुद्ध सामाजिक सञ्जालमा समेत अनाप सनाप लेखेको, उपमहानगरपालिकामा मापदण्ड विप

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 294 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५, मूला र

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 235 पटक पढिएको
  • बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान

    काठमाडौं । बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ ।पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी सूचनामा जनाइएको छ ।सोही कुरालाई ध्यानमा राखेर यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनको भनाइ छ ।उक्त पुरस्कारका लागि समावेश लेख रचना नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमा परिवर्तन ल्याउन सक्ने वा आफूले गरेको खोजमूलक अनुसन्धानको लेखमार्फत प्रभाव देखाउन सक्ने स्तरको सोध÷खोजलाई विशेष प्राथ

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 330 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा