काठमाडौं— वैदेशिक रोजगारीको नाममा क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। काभ्रे चौरीदेउराली गाउँपालिका–९ का स्थायी बासिन्दा तथा हाल ललितपुर महानगरपालिका–३ मा बस्दै आएका २० वर्षीय आसमान विकलाई प्रहरीले पक्राउ गरेको हो।
विकले क्यानडा पठाइदिने प्रलोभन देखाई एक पीडितबाट ६ लाख रुपैयाँ असुली गरेको र त्यसपछि सम्पर्कविहीन बनेको भन्दै परेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई महानगरपालिका–११ क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका विकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।






































