काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको विशाल लक्ष्य दिएको छ । 

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर सुदूरपश्चिमका ओपनर ब्याट्सम्यान जोस ब्राउनको अर्धशतकको सहयोगमा १९३ रन जोडेको हो । 

उनले २९ बलको सामना गरी तीन छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

जारी सिजनको एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी सुदूरपश्चिमका दोस्रा खेलाडी हुन् ।

यसअघि, काठमाडौं विरुद्धको खेलमा सुदूरपश्चिमका हरमित सिंहले २० बलमा ५३ रन बनाएका थिए ।

एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्दै छ भने सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा छ ।

सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौैंलाई पराजित गरेको थियो । पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो ।